भुर्जुङखोला महायज्ञमा अष्ट्रेलिया निवासी शोभा ⁄ विजयबाट एक लाख बढी दान

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं २ खाँदरजुङ्गस्थ्ति घोप्टे डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्धेश्यले आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा विदेशबाट समेत सहयोग प्राप्त भएको छ । भुर्जुङखोला स्थायी घर भएर हाल विदेशमा रहेका⁄हरुले समेत मन फुकाएर सहयोग गरेका छन् ।

यसैक्रममा माछापुच्छ्रे गाउँपालिका–२ खैमराङ जन्म भई हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनु भएकी शोभा तामाङ, उहाँका श्रीमान् विजय लामा र छोरा सोल लामाले महायज्ञमा रु एक लाख एक हजार एक सय एक प्रदान गर्नुभएको ।उहाँहरुले पठाउनुभएको सो रकम बुबा हिराबहादुर पाख्रिन तामाङ र दाजु आइरामले हस्तान्तरण गर्नुभएको थियो ।

आफ्नो जन्मभूमिमा  घोप्टे डाँडामा विशाल शिवजीको मूर्ति स्थापना, ज्योतिलिङ्ग सहित एक सय आठ शिवलिङ्ग स्थापना र मन्दिरको छाना ताम्रपत्र र बुद्ध तथा क्होइवो तमुधिँ स्थापनाका लागि महायज्ञ आयोजनापछि उत्साहित हुनुभएकी शोभाले गरेको सो दान अहिले सम्मकै धेरै भएको महायज्ञको संरक्षक समेत रहनुभएका वडाध्यक्ष गणेश आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो,“विदेशमा रहेर आफ्नो गाउँ ठाउँलाई सम्झेर शोभा तथा उहाँका परिवारका सदस्यहरुले गर्नुभएको सहयोगप्रति हामी अत्यन्त आभारी छौँ । ”

शिवालय मन्दिर व्यवस्थापन समितिले यही भदौ ६ गतेदेखी श्रीमद्भागवत महापुरारण तथा ज्ञान महायज्ञका माध्यमबाट रकम संकलन गरी घोप्टे डाँडामा विभिन्न धार्मिक संरचना निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित गैराखेल मैदानमा महायज्ञ आयोजना गरेको हो ।

Comments
Loading...