पोखरामा ताया मचा नृत्य:बागबजार र लामाचौर पहिलो

हिमाली आवाज । पोखरामा आयोजना गरिएको नेवार समुदायको मौलिक तथा सांस्कृतिक नृत्य ताया ः मचा प्रतियोगितामा पुरुषतर्फ बागबजार बगर ताया मचा समिति र महिलातर्फ लामाचौर नेवा खलले उपाधि जितेका छन् ।

पोखराको नयाँबजारमा शनिबार अबेर सम्पन्न प्रतियोगितामा पुरुषतर्फ सहभागी १९ र महिलातर्फ नौ गरी २८ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
पुरुषतर्फ प्रथम भएको बागबजार बगर ताया मचा समितिले नगद रु तीन लाख एक पुरस्कार पायो ।

यसैगरी महिलातर्फ प्रथम लामाचौरले नगद रु पाँच हजार पुरस्कार पाएको प्रतियोगिता सम्पादन समितिका मूल संयोजक शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

नयाँबजार सांस्कृतिक समितिको आयोजना तथा नेवा ल्याम्ह पुचः नयाबजार, नेवा मिसा पुचः नयाबजार र नेवाः कल्याणकारी गुठी सँगको सहकार्यमा पोखरा महानगरपालिका –९ नयाबजारस्थित शिव–गणेश मार्गमा प्रतियोगिता आयोजना गरिएको थियो ।

यसैगरी पुरुषतर्फ रानीपौवा ताया मचा नाच समिति द्धितीय हुँदै रु दुई लाख एक हजार पुरस्कार प्राप्त गरेको छ । पोखराकै गोपाल जि मन्दिर सेवा समिति तृतीय भएर रु एक लाख एक सय तथा गैह्रापाटन नेवा समाजले सान्त्वना स्थान हासिल गरेर रु १० हजार एक पुरस्कार पायो ।
यसैगरी महिलातर्फ समाज कल्याण नेवा खल राजाको चौतारा द्धितीय र रुपा देउराली नेवा खलले तृतीय स्थान हासिल गर्दै क्रमश ःरु ३० हजार र रु २० हजार पुरस्कार पाए ।

पोखरामा नेवाः खल कास्कीको आह्वानमा हरेक वर्ष गाईजात्रा पछिको पहिलो शनिबार प्रतियोगिता आयोजना हुँदै आएको छ ।तायाःमचा नृत्य नेवार समुदायमा परिवारको सदस्यको मृत्यु भएको एक वर्ष भित्र गाईजात्रा निकाल्ने परम्परा छ । गाईजात्रामा तायाःमचा नृत्यसमेत समावेश गरिन्छ ।

गाईजात्राको अवसरमा देखाईने तायाःमचा नृत्यको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले तायाःमचा नृत्य प्रतियोगिता हरेक वर्ष आयोजना गर्दै आएको नेवा खल ः कास्कीका अध्यक्ष अशोक पालिखले जानकारी दिनुभयो ।

परापूर्व कालदेखि प्रचलनमा रहेको तायाः मचा संस्कृतिको संरक्षण गर्नु, परम्परागत, मौलिक संस्कृतिको संरक्षण तथा युवापुस्तामा आफ्नो सांस्कृतिक परम्पराको महत्वलाई बुझाई यसको संरक्षण र प्रवद्र्धनमा नृत्य प्रतियोगिताले सहयोग पुग्ने विश्वास लिइएको छ ।

Comments
Loading...