कानुनको पालना गरेर स्पा सञ्चालन हुनुपर्दछ:सांसद पहारी

हिमाली आवाज । गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले स्पा पर्यटनको महत्वपूर्ण पाटो भएको र कानुनको पालना गरी मर्यादित रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली हिन्दु महिलाहरुको महान चाँड तिजको अवसरमा स्पा एशोसियसन नेपालले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले भन्नुभयो,‘पोखरा पर्यटनको राजधानी हो । यहाँ आउने प्राय पर्यटक साहसिक खेलकुदका लागि आउँछन् । अनि खेलेर थाकेपछि शरिरलाई पुर्नताजगी बनाउन स्पा महत्वपूर्ण छ ।’ सांसद पहारीले स्पालाई व्यवसायीकरण र मर्यादित गर्न सकेमा आम्दानीको राम्रो श्रोत बनाउन सकिने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य तथा अग्रज पर्यटन व्यवसायी अग्नी कँडेलले स्पा पर्यटनको अभिन्न अंग भएकाले यसको व्यवसायीकरणमा जोड दिनुपर्ने बताउनुभयो । स्पामा हुने यदाकदाका घटनाले स्पाप्रति समाजमा नकारात्मक धारणा बनेकाले यसलाई चिरेर अगाडि बढ्नुपर्ने उहाँको भनाई छ ।

स्पा एशोसियसन नेपालका अध्यक्ष रामकुमार श्रेष्ठले स्पाका बारेमा भ्रम सिर्जना भएको बताउनुभयो । स्पा सुरक्षित र मर्यादित नै रहेको बताउँदै श्रेष्ठले यदाकदा हुने घटनालाई लिएर समग्र स्पा व्यवसायप्रति नकारात्मक धारणा नबनाउन आग्रह गर्नुभयो ।

एशोसियसनका सचिव चित्रबहादुर गुरुङले स्पाका लागि पोखरा गन्तव्य बन्नसक्ने बताउनुभयो ।
सो अवसरमा महिला दिदी बहिनीहरुले तिज गीतमा नाचेर रमाइलो गर्नुका साथै आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

Comments
Loading...