हिमाली आवाज । सार्दिखोला पोखरा सम्पर्क समितिले पोखरामा बस्ने चेलीबेटीबीच शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सम्पर्क समितिले हरेक वर्ष सार्दिखोलाका पोखरा महानगरमा बसोबास गर्ने चेलीबेटीलाई तीजको बेला शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ ।
आइतबार भएको चेलीबेटी भेटघाट कार्यक्रममा नाचगान सहित रमाइलो गरिएको थियोे ।माछापुच्छ्रे गाउँ पालिकाका अध्यक्ष मीन बहादुर गुरुङले कार्यक्रमको उद्घाटन गर्दै चेलीबेटीलाई एकै थलोमा जम्मा भएर रमाइलो गर्ने र हाम्रो मौलिक संस्कृतिलाई जोगाउने काम गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

उच्च अदालतका पुर्व न्यायाधीश विनोद मोहन आचार्यले सम्पर्क समितिले माइतीको भुमिका निभाएर प्रशंसनीय काम गरेको बताउनुभयो ।
माछापुच्छ्रे गाउँ पालिकाका प्रबक्ता एवं वडा नं २ का वडाध्यक्ष गणेश आचार्यले सार्दिखोलाको विकासमा सम्पर्क समितिले हातेमालो गर्दै आएको र सबै चेलीबेटीाई एकै ठाउँमा जमघट गराएर माइतीजस्तै बनेको विचार राख्नुभयो ।
सम्पर्क समितिका अध्यक्ष बम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार मित्रलाल आचार्य , सचिव अनिल गुरुङले सार्दिखोला सम्पर्क समितिले गर्दै आएको गतिविधि र तीजको मौलिक पर्वको बारेमा चर्चा गर्नुभयो । कार्यक्रममा सहभागी चेलीबेटीलाई उपहार प्रदान गरिएको थियो ।


