गण्डकीमा एमाले सरकारमा, मनाङेको राजीनामा

हिमाली आवाज । गण्डकी प्रदेशका नवनियुक्त चार जना मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिनुुभएको छ ।गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेकपा(एमाले)बाट सरकारमा प्रतिनिधित्व गर्ने चार मन्त्रीलाई शपथ गराउनुभयो ।

नवनियुक्त कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी(श्रेष्ठ), स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक, उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्याल र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी लाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुुभएको हो ।

यसैबीच प्रदेश सरकारमा सोमबार गरिएको मन्त्रालय बाँडफाँडमा असन्तुष्टि जनाउँदै स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले राजीनामा दिनुभएको छ ।

आइतबारसम्म भौतिक मन्त्रालय सम्हालिरहनुभएकामा सोमबारदेखि वन मन्त्रालयमा सरुवा गरिएको थियो । मनाङेले वन मन्त्रालयमा पठाउने मुख्यमन्त्रीको निर्णयप्रति असहमति जनाउँदै राजीनामा दिनुभएको हो ।

Comments
Loading...