हिमाली आवाज । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिकोत्सव बनाएको छ । सो अवसरमा कम्पनील्े सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तरगत पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दी घुम्तीमा अवस्थित पोखरा दर्शनीय स्थल आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई विद्यालय पोशाकका लागि आवश्यक कपडा एक कार्यक्रम विच हस्तान्तरण गरिएको छ ।
उक्त कार्यक्रममा ६० जना विद्यार्थीहरुको पोशाकका लागि आवश्यक कपडा (पाइन्ट र सर्टको कपडा ३÷३ थान) रिलायबल नेपाल लाइफको तर्फबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुको रोहवारमा हस्तान्तरण गरिएको छ ।

कार्यक्रम विद्यालयकी प्रधानाध्यापक भगवती रेग्मीको सहभागीतामा तथा व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र राज बास्तोलाको अध्यक्षता भएको हो ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड गण्डकी प्रदेश प्रमुख सरोज अधिकारीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा कास्की शाखा प्रमुख लक्ष्मण थापा र एजेन्सी म्यानेजरहरु पूर्णकला बास्तोला, सर्मिला के.सी., धनु अधिकारी, पूर्णिमा गोलेको सहभागिता थियो । विद्यालयका शिक्षक कृष्ण प्रसाद रेग्मीको सञ्चालन तथा शिक्षक सर्मिला आचार्यको संयोजनमा सम्पन्न भएको छ ।
कार्यक्रममा सोही विद्यालयकी पूर्व विद्यार्थी एवम समाजसेवी तथा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर पूर्णकला बास्तोला, कास्की शाखा प्रमुख लक्ष्मण थापा, गण्डकी प्रदेश प्रमुख सरोज अधिकारीले मन्तव्य राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बास्तोलाले सामाजिक उत्तरदायित्वको बोध गर्दै सहयोगी हात अगाडी बढाएकोमा धन्यवाद दिनुभयो ।