युनाइटेड क्लब पोखराको अध्यक्षमा लोक थापा निर्वाचित

हिमाली आवाज । युनाइटेड क्लव पोखराको अध्यक्षमा लोक बहादुर थापा निर्वाचित हुनुभएको छ । क्लवको १५ औं साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि थापालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

क्लवको वरिष्ठ उपाध्यक्षमा गणेश तिमिल्सिना, प्रथम उपाध्यक्षमा शान्त बहादुर थापा, द्धितिय उपाध्यक्षमा सुुर्य बहादुर बानियाँ, महासचिवमा दिनेश सुनार, कोषाध्यक्षमा जयराम आचार्य, सचिवमा सन्तोष कार्की र सह कोषाध्यक्षमा सीमा गुरुङ निर्वाचित हुनुभयो ।

यसैगरी कार्यसमिति सदस्यहरुमा विष्णु कुमार गुरुङ, पुुर्ण कुमार श्रेष्ठ, शिव थापा, पदम बहादुर कार्की(बिजय), शान्ति सुवेदी, बुद्ध कार्की, रिम बहादुर क्षेत्री, गणेश खडका र सुरेश थापा निर्वाचित हुनुभएको छ । । युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल निर्वाचन संयोजक, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ र पूर्व अध्यक्ष सुक बहादुर गुरुङ सदस्य रहेको निर्वाचन समितिले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा सपथ गराउनुभयो ।

यसैविच अधिवेशनको उद्घाटन गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्राज्ञ सरुभक्त श्रेष्ठले युनाइटेड क्लवले सामाजिक कामको माध्यामबाट आफुलाई अब्बल बनाउन सक्षम भएको वताउदै युवाहरुले चाहेको खण्डमा कुनैपनि काम सफल हुने बताउनुभयो ।
क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले लिएको मुख्य एजेण्डा खुल्ला चिडियाखानाले चिडियाखानाको रुपमा नभइ उद्धार केन्द्रको रुपमा बिकास भइरहेको वताउदै त्यस तर्फ सम्बन्धित निकाय प्रति ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै अमरसिंह मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइरालाले युनाइटेड क्लबले पोखरा महोत्सवकै आयोजना गरी सामाजिक काम गर्दै आइरहदा त्यसमा अमरसिंह माविको समेत प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता रहेको बताउनुभयो ।

वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र घिमिरेले युनाइटेड क्लवले सामाजिक काम मार्फत आफुलाई अगाडी बढाउदै लगिरहदा प्रहरी कार्यालयले समेत सामाजिक बिकृति उन्मुलनका लागि काम गर्ने भएकाले आगामी दिनमा युनाइटेड क्लब र युनाइटेड क्लव वीच सहकार्य गरेर अगाडी वढ्ने प्रतिवद्धता ब्यक्त गरे गर्नुभयो ।
सल्लाहकारका तर्फबाट क्लवका सल्लाहकार सम्मर बहादुर श्रेष्ठले भैलो खेलेर स्थापना भएको युनाइटेड क्लब १५ औं वार्षिक साधारण सभा सम्म आइपुुग्दा सामाज सेवा प्रति गरेको काम उल्लेख्नीय रहेको बताउनुभयो ।
सो अवसरमा युनाइटेड क्लबको सुरुवातका दिनहरुमा महत्वपूर्ण भुमिका रही क्लबको उन्नतीलाई सधै आत्मासाथ गर्दै हाल सम्म साथ सहयोग गर्दै आएका क्लबका पूर्व सल्लाहकार विश्व प्रकाश लामिछाने र आजीवन सदस्य शंकर मानन्धरलाई सम्मान गरिएको थियो । सो अवसरमा क्लबका अध्यक्ष राजु श्रेष्ठले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष सूर्य बहादुर बानियाँले कोषाध्यक्षको प्रतिवेदन र महासचिव दिनेश सुनारले महासचिवको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

Comments
Loading...