कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो

हिमाली आवाज । विराटनगरबाट गाईघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बस आज साँझ कोसी ब्यारेजको पुलबाट नदीमा खसेको छ ।

सो बस साझ करिब ६ः०५ मा कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार २० जना घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ ।

बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। ब्यारेजको ३४ र ३६ नम्बरको ढोकादेखि दक्षिणतर्फ रहेको वाल भत्काएर नदीमा खसेको प्रहरीले जनाएको छ।
बसमा कति यात्रु थिए भन्ने खुलिसकेको छैन । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।

Comments
Loading...