हिमाली आवाज । पोखराको महेन्द्रपुलमा रहेको पुरानो सपिङ कम्प्लेक्स बुद्ध विशाल बजारले चाडपर्वलाई लक्षित गरी विशेष छुट योजना ल्याएको छ । सपिङ गर्ने क्रममा ग्राहकहरूलाई नगद छुट दिने योजना विशाल बजारले ल्याएको हो ।एशोसिएसनले शनिबार एक विज्ञप्ति जारी गर्दै २०८१ चाडपर्व विषेश छुट योजना सार्वजनिक गरेको हो ।
यही असोज १२ गते शनिबार देखी मंसिर ३० गते आइतबार सम्म सपिङ गर्ने ग्राहकले ५ देखी २५ प्रतिशत सम्म नगद छुट पाउने छन ।
गत वर्षको चाडपर्वमा यो योजना प्रभावकारी बनेपछि यस वर्ष पनि दशैं, तिहार र छठलाई लक्षित गरी नगद छुटको योजनालाई निरन्तरता दिइएको बुद्ध विशालबजार व्यापारिक एसोसिएसनका अध्यक्ष इन्द्रराज अर्यालले जानकारी दिनुभयो ।
चाडपर्वको अवसर “उपहार पहिले पहिले नगद ५ देखी २५ प्रतिशत सम्म छुट अहिले” नाराका साथ छुट अफर ल्याइएको अर्यालले बताए । “यो चाडपर्वमा बुद्ध विशालबजार पोखरा भित्र सपिङ गर्नुहोस् र नगद छुट पाउनुहोस् भनेर ग्राहकलाई भनिरहेका छौँ,’ अर्यालले भन्नुभयो, ‘यो योजनाबाट धेरै ग्राहक लाभान्वित हुने हामीहरूले विश्वास लिएका छौ ।’ यो योजना वडा दशैँ देखी छठ पर्व सम्म जारी रहने एसोसिएसनले जनाएको छ