पोखराको सगरमाथामा प्लानेटोरियम प्रविधि मार्फत अन्तरिक्ष शिक्षा

हिमाली आवाज । पोखरामा रहेको सगरमाथा निकेतन विद्यालयका विद्यार्थीलाई प्लानेटोरियम प्रविधि मार्फत अन्तरिक्ष शिक्षा प्रदान गरिएको छ । विद्यालयले आज जिइओ साइन्स एण्ड प्लानेटोरियम काठमाडौँसगको सहकार्यमा विद्यार्थीलाई काल्पनिक अन्तरक्षिमा पुगेको अनुभव गराउनका लागि १९ फिट अग्लो तारामण्डल नामक यन्त्र विद्यालयमा ल्याएर विद्यार्थीलाई अनुभव गराएको हो ।

विद्यालयका प्राचार्य दीलिप शर्मा भट्टराईले प्लानेटोरियमबाट किताबमा पढेका अन्तरिक्षका कुरा विद्यार्थीले अवलोकन गरेको बताउनुभयो । उहाँका अनुसार तारामण्डल यन्त्रमा विद्यार्थीलाई प्रवेश गराई फोर डी प्रविधिको प्रयोगबाट कक्षा नर्सरीदेखी कक्षा ६ सम्मका विद्यार्थीलाई काल्पनीक अन्तरिक्षको अनुभव प्रदान गरिएको थियो ।

प्राचार्य शर्माले भन्नुभयो,“कितावमा पढेको सौर्यमण्डल, तारामण्डल, तारापुञ्ज तथा ब्रहण्डबारे विद्यार्थीले प्रयोगात्मक शिक्षा लिएका छन् । काल्पनीक अनुभवले सौर्यमण्डल लगायतको शिक्षा विद्यार्थीको निम्ति निकै उपयुक्त हुने विश्वास छ । विद्यालयका बाँकी विद्यार्थीहरुलाई समेत उपयुक्त समयमा यो अवसर प्रदान गर्नेछौँ ।”

सो कार्यक्रममा पढाईका साथै मनोरञ्जनात्मक गतिविधिहरु काल्पनीक डायनोसरको संसारमा पुगको, सामुन्द्रीक यात्रा गरेको र ह्वेल माछासँगै पौडिएको लगायतका अनुभव प्रदान गरिएको थियो ।

यसैगरी कक्षा नर्सरीदेखी कक्षा दुईसम्मका विद्यार्थीहरुलाई काल्पनिक चिडियाखाना तथा सामुन्द्रिक संसारको बारेमा अनुभव गराइएको विद्यालयकी शिक्षिका अर्मिला श्रेष्ठले जानकारी दिनुभयो ।

Comments
Loading...