पोखरामा राँगोले हानेर ३७ वर्षीय धनञ्जयको मृत्यु

हिमाली आवाज । पोखरा महानगरपालिका–३३ भरतपोखरी निवासी ३७ वर्षीय धनञ्जय आचार्यको राँगोले हानेर मृत्यु भएको छ ।

भरतपोखरीकै जनचेतन माध्यमिक विद्यालयका शिक्षक आचार्यको सुरौदीस्थित आफ्नो दाईको भैंसी फार्ममा पालो दिन गएका बेला मंगलबार राँगोको आक्रमणमा परी मृत्यु भएको हो ।

राँगोले लखेटेपछि झाडीमा लुकेको भन्दै आचार्यले मंगलबार दिउँसो ४ बजे श्रीमतिलाई फोन गरेका थिए । पछि फोन सम्पर्क हुन सकेको थिएन । आचार्यको शव बुधबार गोठभन्दा करिब डेढ घन्टा परको पैदल दुरीमा क्षत विक्षत अवस्थामा भेटिएको आफन्तले जनाएका छन् ।
आचार्यको बुधबार साँझ सेती नदीमा अन्त्येष्टि गरिएको छ । धनञ्जयका जेठा दाजु शिव आचार्य पोखराङ ३३ को निर्वतमान वडाध्यक्ष समेत हुनुहुन्छ ।

Comments
Loading...