पोखरामा भोली ‘धनतेरस इभी कार्निभल’हुँदै ,ग्राहकलाई छुटै छुट

हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखरामा टिटि ग्लोबलको आयोजनामा भोली कात्तिक १३ गते धनतेरस इ.भि. कार्निभल हुने भएको छ । सो कार्यक्रम पोखराको न्यूरोडस्थित सीटी स्कव्यार बाङ्कवेटमा विहानदेखी सुरु हुँदैछ ।

टिटि ग्लोबल नेपाली बजारमा विद्युतीय गाडी नेटा, दायुन, रिड्डारा र अवतारका आधिकारिक वितरक, सि.जी. मोटर्सका आधिकारिक विक्रेता रहेको छ ।
सो कार्यक्रमका इच्छुक ग्राहकहरुले धनतेरस इ.भि. कार्निभलमा रिड्डारा, दायुन, नेटा एक्स, नेटा भि, र अवतार वान वान को खरिदमा विशेष अफरहरुको लाभ उठाउन सक्ने कम्पनीका सञ्चालक प्रमेश पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त कार्निभल मार्फत कुनैपनि गाडीको खरिदमा आकर्षक एक्सचेन्ज बोनस, आकर्षक क्यास डिस्काउन्ट, १ वर्षको निशुल्क बिमा, चालु आर्थिक वर्षको निशुल्क सडक कर अफर पाउनेछन् । यसैगरी ६.६ किलोवाटको निशुल्क फास्ट चार्जर र निशुल्क स्पेर टायर प्राप्त गर्न सक्नेछन्। टिटी ग्लोबले इच्छुक ग्राहकहरुलाई सो कार्यक्रममा सहभागी हुन र उक्त अफरहरुको लाभ उठाउन समेत आग्रह गरेको छ ।

धनतेरस भनिने कार्त्तिक कृष्णपक्षको त्रयोदशीका दिन  सुनचाँदीका भाँडाकुडा, सिक्काहरू, आभूषण आदि किन्ने परम्परा पनि छ। हिजोआज मोटरवाहन, मोबाइल, कम्प्युटर जस्ता विलासिताका वस्तुहरू खरीद गर्न पनि यसै दिनलाई पर्खने चलन चलेको छ ।

रीतिरिवाज र परम्परासँग जोडिन पुगेको यो ‘धनतेरस’पर्वले आर्थिक लगानीको सुरक्षणसँग आफुलाई गाँसेको पनि देखिन्छ। यसले आर्थिक हैसियत र क्षमतालाई पनि प्रदर्शन गरिरहेको देखिन्छ, एकातिर उच्च र मध्यम वर्गका व्यक्तिहरू धनतेरसका दिन विलासिताका वस्तुहरू किनेर आनन्द अभिबृद्धि गर्न खोज्छन् भने अर्कातिर विपन्न र निम्न वर्गका मानिसहरू आफ्नो आवश्यकता र खाँचोका वस्तुहरू खरीद गरी यस पर्वलाई मनाउने गर्दछन् ।

Comments
Loading...