हिमाली आवाज ।नेपाल र छिमेकी मुलुक चीन बीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले आजदेखी पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ ।
पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिँगापुरका खेलाडीहरु सहभागी हुँदैछन् । प्रतियोगिता पुस १५ गतेसम्म सञ्चालन हुनेछ ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको सयुक्त आयोजनामा हुने प्रतियोगितामा २० टोलीको सहभागी हुनेछन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी एक सय २९ जना खेलाडी यही पुस ११ गते पोखरा आएका थिए । सहभागी टोलीले फेवातालमा दैनिक अभ्यास गरिरहेका छन् ।
प्रतियोगितामा चीनको आठ, सिंगापुरको एक बाँकी ११ टिम नेपालका विभिन्न ठाँउबाट सहभागी हुने भएको छन् । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, डा«गन बोर्ट गण्डकी, बेगनास टिम, रुपाताल टिम र नेपाल र्याफ्टिङ एजेन्सिज एशोसिएसन(नारा) सहितका नेपालका ११ टिमको सहभागिता हुने छ ।
प्रतियोगितामा पाँच सय सय र दुई सय मिटरका बिजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपबिजेतालाई दुई हजार डलर र तृतीइ हुने टोलीलाई एक हजार २ सय अमेरिकी डलर साथमा ट्रफी र मेडल प्रमाण पत्र पुरस्कार पाउनेछन् । पुरस्कारमा मात्र करिब रु २५ लाख खर्च हुने भएको छ ।