सुलभ दशै तिहार बम्पर उपहार :राहुल थापालाई टिभिएस स्कुटर

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले दशै तिहारमा ग्राकहरुलाई लक्षित ल्याएको उपहार योजना लक्की ड्र मार्फत सार्वजनिक गरेको छ ।

सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित स्टोर्सको लक्की ड्र बाट प्रथम पुरस्कार टिभिएस स्कुटर लेकसाइडका राहुल थापाले जित्नुभएको छ । जिल्ला विकास समितिका पुर्व सभापति रमेश भट्टराईले लक्की ड्र तान्दा ४५८७५ नम्बरको थापाको नम्बर तान्दै प्रथम पुरस्कार विजेता घोषणा गर्नुभयो । द्वितीय पुरस्कार एलजिको वासिङ मेसिन कुपन नम्बर २६१८५ का सुमन श्रेष्ठलाई परेको छ । त्यसै गरी तेस्रो पुरस्कार कुपन नम्बर १६२९२ का प्रविन गुरुङलाई परेको छ ।

सान्तोना पुरस्कार १३ जनाको नाम लक्की ड्र मार्फत छानेको डिपार्टमेन्टलका प्रबन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिनुभयो । २ हजार भन्दा बढिको एकै पटकमा खरिद गर्दा एउटा कुपन दिने गरको सहकारीका अध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो । उहाँले करिब ४६ हजार कुपनबाट १६ जनालाई विभिन्न पुरस्कार लक्की ड्र मार्फत छानिएको जानकारी दिनुभयो ।

१६ वर्ष अगाडि पोखराका पर्यटन व्यवासायीहरुको संयुक्त लगानिमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेस्टुरेन्ट र दैनिक आवश्यक पर्ने र घरयासी सामग्रीहरुको सुलभ मूल्यमा बिक्री गर्दै आएको छ ।

Comments
Loading...