तमु राष्ट्रिय मुक्ति मोर्चाको फागुन १० गते पोखरामा राष्ट्रिय भेला

सिद्धान्त शाही ⁄ हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट तमु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेला पोखरामा हुने भएको छ ।

मोर्चाका अध्यक्ष बखानसिँह गुरुङको अध्यक्षतामा तनहुँको आँबुखैरेनीनमा आज बसेको केन्द्रीय समितिको विस्तारित बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।

बैठकमा नेकपा(माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले देशमा दुई दलीय शक्तिको अभ्यास स्वीकार्य नहुने बताउनुभयो । संविधान संशोधनको नाममा सीमित दल अस्तित्वमा रहने गरी गरिने कुनै पनि कार्य स्वीकार्य नहुने उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा पूर्वसभामुख एवं पार्टी स्थायी कमिटी सदस्य एवं जवस फ्याक्सन इन्चार्ज ओनसरी घर्तीमगर, पार्टी केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ, राजकाजी गुरुङ, सुरेश आले मगर, हरिबहादुर चुमान, अमर तमु, गाउँपालिका अध्यक्ष शुक्र चुमान लगायतले सम्बोधन गर्नुभएको थियो ।

Comments
Loading...