पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव हुँदै

हिमाली आवाज । पोखरामा आगामी माघ  १० गतेदेखी राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव हुने भएको छ । पोखरा–९,नयाँजबारमा आयोजना हुने ३३ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव, यही मेलामा समाहित गरिएको १२ औं क्यान  इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ माघ १७ गतेसम्म सञ्चालन हुनेछ ।

मेलामा हामी गण्डकी प्रदेशमा रहेका ठूला, मझौला र साना उद्योगका उत्पादनका अलावा रोजगारी सिर्जना, नयाँ सम्भावनाको खोजी एवं अन्य प्रदेशका असल अभ्यासहरुलाई पनि समावेश गर्ने जमर्को गरिरहेका छौँ । मेलालाई सम्पूर्ण राष्ट्रको औद्योगिक,कृषिजन्य, हस्तकलाका उत्पादन,सूचना प्रविधि, शिक्षा,स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने गरी आयोजना गरिँदै छ ।

लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन  भन्ने नारा अनुरुप आयोजना हुने मेलामा अन्य प्रदेशका निजी क्षेत्रले अलम्बन गरेका असल अभ्यासलाई पनि प्रदर्शन गरौँ,सहकार्यको नयाँ अध्याय सुरुवात गर्दै सो क्षेत्रको लगानी गण्डकी प्रदेशमा आकर्षित गरौँ भन्ने पुनित लक्ष्य पनि हामीले राखेका छौँ । त्यसका लागि देशका सातवटै प्रदेशको पहिचान बोकेका औद्योगिक उत्पादन,त्यहाँको संस्कृति एवं मौलिक रैथाने परिकारलाई समेत पोखरामा आयोजना हुने मेलामा समावेश गर्ने हाम्रो लक्ष्य रहेको छ । उत्पादन र संस्कृति प्रदर्शनीले निजी क्षेत्रबीच सहकार्य र सम्भावनाको नयाँ ढोका खुल्नेछ भन्ने हाम्रो विश्वास रहेको छ ।

क्यान कास्कीसँगको सहकार्यमा यही मेलामा समाहित गरिएको १२ औं क्यान इन्फोटेक २०२५ अन्तर्गत मेलामा सूचना पंं्रविधि क्षेत्रमा पछिल्लो पटक आएका नूतन आविष्कार,सूचना प्रविधि उद्योगमा देखिएका नयाँ सम्भावनासहित सफ्टवेयर निर्माण एवं यसको बजारलगायतका विषयको प्रदर्शनी रहने  छन् । यसका अलावा आइटीसँग सम्बन्धी खेल र प्रतियोगिता पनि महोत्सवको आकर्षण बन्ने हामीले ठानेका छौँ । विश्वस्तरमा चल्तीमा रहेका आर्टीफिसियल इन्टलिजेन्स ( एआई), ( उन्नत सीसी टिभी  सर्भिलेन्स पनि हामी मेलामार्फत् यहाँहरुमाझ पस्किँदै छौं ।

मोवाइल बितरक संघ,गण्डकीसँगको सहकार्यमा आयोजित चौथो मोवाइल एक्सपोअन्तर्गत मोवाइलहरुमा ५० प्रतिशतसम्म छुटमा खरिदको व्यवस्थासहित एक्सचेञ्ज अफर, किस्तामा मोवाइल फोन खरिदको सुविधा,,एसोसरिजहरुको बिक्री प्रबन्ध तथा हरेक दिन ५ वटा मोवाइल डोर प्राइजको रुपमा वितरणको व्यवस्था समेत गरिएको छ ।

यसपटकको मेलामा अघिल्ला संस्करणजस्तै अटो,औद्योगिक, मेड इन नेपाल, मोवाइल मेला पनि समावेश रहेको संघका अध्यक्ष गोकर्ण कार्कीले बताउनुभयो । उहाँका अनुार स्वस्थ मनोरञ्जनका लागि सातवटै प्रदेशको प्रतिनिधित्व गर्ने खालका सांस्कृतिक कार्यक्रम एवं खानाका स्टल पनि यहाँ राखिने छ । महिला उद्यमशिलता विकासको लागि मेलामा महिला उद्यमीका उत्पादनको प्रदर्शन र बिक्रीको व्यवस्था मिलाइएको छ भने मेला स्थलमै सीप सिकाउने कार्यक्रम पनि तय भएका छन् ।

उद्यमशिलता विकास, नवपं्रवर्तनबारे जानकारी दिन,अर्थतन्त्रको वर्तमान अवस्था र आगामी बाटो एवं पोखराको पर्यटन प्रवद्र्धन,समुन्नत पोखरा निर्माणबारे गहन छलफलका निम्ति हरेक दिन मेला स्थलमै विज्ञ एवं सरोकारवालाहरुसँग ‘टक सो’ आयोजना गरिने संघका महासचिव शोभा गौतमले बताउनुभयो । मेला सम्पन्न गर्नका लागि संघका अध्यक्ष कार्कीको संयोजकत्वमा ५०१ सदस्यीय मुल आयोजक र कार्य सम्पादन समिति, सल्लाहकार समिति,  विभिन्न २७ वटा उपसमितिहरु गठन गरिएको छ । ती समितिहरुले. आ–आफ्नो जिम्मेवारी अनुरुपका कार्यहरु अगाडि बढाइरहेको व्यहोरा पनि म यहाँहरुमाझ जानकारी गराउन चाहन्छु ।

यो मेला अवलोकनको लागि प्रति टिकट ५० रुयैयाँको प्रवेश शुल्क तोकिएको छ । संघका साधारण सदस्य, जेष्ठ नागरिक,अपाङ्ग,पोशाकमा रहेका राष्ट्रृसेवक सुरक्षाकर्मी र विद्यार्थीको हकमा भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको संघले जनाएको छ । “नाफाको उद्देश्य लिएर मेला आयोजना गरेका हैनौँ भन्ने यहाँहरुले बुझिसक्नुभएकाले म आम्दानी कति र खर्च कति हुन्छ भन्नेतर्फ लाग्दिन ।मात्र यत्ति हो, हामी सकेसम्म मेला आयोजनाको लागि संघको तर्फबाट अतिरिक्त व्यय नहोस् भन्नेमा चाहिँ सचेत छौँ ।” अध्यक्ष कार्कीले भन्नुभयो ।

पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेलामा नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश यो मेलाको संरक्षक रहेका छन् ।  गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको मेलामा क्यान कास्की, नेपाल मोवाइल बितरक संघ गण्डकी,सिएसआइटी एसोसियसन,पोखरा औद्योगिक क्षेत्र उद्योग संघको सहकार्य रहेको छ ।

Comments
Loading...