पोखराका पत्रकार‘शिवदाई’ले जन्म दिनमा रोप्नुभयो महासंघमा विरुवा

हिमाली आवाज । पोखराका पत्रकार एवं अभियन्ता शिवराज बस्ताकोटीले आफ्नो ६२ औँ जन्म दिनमा वृक्षरोपण गर्नुभएको छ ।

उहाँले आज जन्म दिनका अवसरमा नेपाल पत्रकार महासंघ कास्की शाखा र ट्राफिक प्रहरी कार्यालय कास्कीको हातामा विरुवा रोप्नुभएको हो । वस्ताकोटीले यसअघि पनि महासंघ र ट्राफिक प्रहरी कार्यालय हातामा वृक्षरोपण गर्नुभएको थियो । उहाँ नेपाल पत्रकार महासंघ कास्कीको पूर्व कार्यसमिति सदस्य समेत हुनुहुन्छ ।

“ हरेक मानिसले आफ्नो जन्म दिनमा एक वा दुई वटा विरुवा रोपण गरेको खण्डमा धुमधामका साथ वृक्षरोपण भनेर कार्यक्रम गर्नु आवश्यक छैन ।” बस्ताकोटीले भन्नुभयो । जन्म दिनमा विरुवा रोप्ने कार्यलाई अभियानका रुपमा आफूले सञ्चालन गर्ने योजना रहेको बस्ताकोटीले सुनाउनुभयो ।“वृक्षरोपण कार्यलाई अभियानका रुपमा लैजाने मेरो योजना छ । ” उहाँले भन्नुभयो।

यसैगरी उहाँले जन्म दिनमा सामाजिक कार्य तथा स्वयंसेवाका लागि पोखराको सभागृहचोक र पृथ्वीचोकमा ट्राफिक व्यवस्थापनमा सहयोग समेत गर्नुभयो । पत्रकार बस्ताकोटी प्रेस सेन्टर नेपाल पोखरा महागरका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध हुनुहुन्छ ।

Comments
Loading...