हिमाली आवाज । लोक कवि अलि मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता शोमबार सात खेल सम्पन्न भएका छन् । पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएका खेलमा बरजला एफसी, एनकेबी एफसी, मुस्लिम कल्याण्कारी, रानीपौवा एघार, एनबीपीसी एफसी, माछापुच्छ«े श्रीशक्ती र एनएमवाइसी (बी) दोस्रो चरणमा प्रवेश गरेका छन् ।
बरजलाले मियापाटन एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्यो । यस्तै एनकेबीले केआइसीसी बुनलाई पेनाल्टी सुटआउटमा ३–२ को गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्यो ।

मुस्लिम कल्याण्कारीले नाइट मेयर एफसीलाई ३–० को अन्तरमा पराजित गर्दा रानीपौवा एघारले अन्नुदादा अभियान पदलाई पेनाल्टी सुटआउनमा ३–२ को अन्तरमा पराजित गर्यो ।एनबीएफसीले हाम्रो एफसीलाई १–० मा स्तब्ध बनाउदा भाछापुच्छ«े श्रीशक्तीले कमलपोखरी एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ मा रोक्यो ।
आजको सातौ अर्थात अन्तिम खेलमा एनएमसीसीले एमपीसीलाई ३–० गोल सहज जित निकाल्यो ।प्रतियोगिता अन्तरगत मंगलबार पहिलोचरणका सात खेल हुने आयोजक समितिका सरशुल हकले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म चल्ने छ ।