पोखराको केफ माविको ३१ औँ वार्षिकोत्सव:कला प्रदर्शनी सहित सम्मान

हिमाली आवाज । पोखरा महानगरपालिका –१, सिम्पानी अवस्थित करुणानिधि एजुकेसन फाउन्डेसन (केफ) माविले आफ्नो ३१ औा वार्षिकोत्सव तथा तथा अभिभावक दिवस मनाएको छ ।

विद्यालयले यही माघ १७ र १८ गते गरी दुई दिनसम्म चित्रकला र हस्तकला प्रदर्शनी, पुरस्कार वितरण, विभिन्न क्षेत्रका व्यक्तित्व–हरूलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

सो कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य दामोदर पौडेल वैरागीले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले विद्याथीहरुलाई ज्ञानी, शिल्पी र रचनात्मक बनाउनुपर्नेमा जोड दिँदै विद्यालयले यस्ता कुराहरु अवलम्बन गरेकामा खुसी व्यक्त गर्नुभयो ।

यसैगरी दोस्रो दिनको कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक अम्बिकाप्रसाद आचार्यले केफले उत्सुकता आधारित सिकाइ र निरन्तर मूल्याङ्कन प्रणाली लागु गरेर सिकाइको सुरुवाती चरणबाटै गुणस्तरीय शिक्षाको थालनी गरेकामा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा कलाकारिताका क्षेत्रबाट समाजमा योगदान दिने बरिष्ठ गायक जीवन दाहाल, समाज सेवाका तर्फबाट समाजसेवी महेश्वर पौडेल तथा पत्रकारिताका क्षेत्रबाट वरिष्ठ सम्मान पत्रकार नारायण कार्कीलाई विद्यालयका तर्फबाट प्रदान गरिएको थियो । सोही अवसरमा दश वर्ष अवधि पूरा गरेका शिक्षकहरू केशवप्रसाद भट्टराई, सुमनबाबु अधिकारी, सुशीला बराल, कर्मचारी विमला विकलाई दीर्घ सेवा स्वर्णपदक द्वारा सम्मान गरिएको थियो । गत शैक्षिक सत्रमा नियमित शिक्षक हीरादेवी गुरुङलाई समेत पुरस्कृत गरिएको थियो ।

दुई दिवसीय कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष बाबुराम पन्त, प्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिना सम्मानित व्यक्तित्वहरू नारायण कार्की र जीवन दाहाल, वडा नं १ का वडाध्यक्ष सहारा प्रधान, शिक्षक अभिभावक सङ्घका अध्यक्ष वसन्त वास्तोला, भूपू विद्यार्थीहरु विवश वास्तोला र प्रशान्त थापा लगायतले विद्यालयका प्रगतिका सूचक देखेर आफूहरु हर्षित भएको र आगामी दिनमा अझै प्रगति गर्नेमा आशावादी हुँदै शुभकामना व्यक्त गर्नुभएको थियो । विद्यालयका प्राचार्य डिल्लीराम अधिकारीले निकै उत्साहवर्धक वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यार्थी सृष्टि क्षेत्रीले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन विद्यार्थीहरु लगायत विद्यालय सहायक प्राचार्य भानुभक्त पोख्रेलले गर्नुभएको थियो ।

Comments
Loading...