हिमाली आवाज । राष्ट्रिय समाचार समिति (रासस)ले सुशासनका लागि अगुवाई गर्नुपर्ने पोखरामा आज आयोजना गरिएको कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
राससको ६४ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रियामा समृद्धिका लागि सुशासन अनिवार्य रहेकाले समाचारका माध्यमबाट राससले खवरदारी गरेर सुशासन कायम गर्न सहयोग गर्नुपर्ने आवश्यकता औल्याइएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशका समृद्धिका आधारहरु पहिल्याउने काममा राससले सहयोग गर्नुपर्ने बताउनुभयो ।स्वतन्त्र, विश्वसनीय र उत्तरदायी सञ्चार माध्यम सुशासनको महत्वपूर्ण आधारशिला रहेको मन्त्री थापाको भनाई छ ।
सामाजिक विकासमन्त्री थापाले भन्नुभयो,“राससले देशभरका जनतालाई सत्य, सन्तुलित र निष्पक्ष समाचार प्रवाह गर्दै समृद्ध राष्ट्र निर्माणको यात्रामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । गण्डकी प्रदेशका समस्या, चूनौती र समृद्धिका आधारहरु पहिल्याउनुपर्ने कार्यमा राससले सहयोग गर्नुपर्दछ । समाजमा देखिएको विभिन्न विकृति, विसंगति समस्या र समाधानका उपायहरु के के हुन सक्दछन् भनेर समेत राससले समाचारका माध्यमबाट सरकारलाई सहयोग गर्न सक्दछ ।”
मन्त्री थापाले सरकारी मातहतको सञ्चार संस्था भएपनि राससले सरकारका कामको प्रशंसा गर्ने मात्र नभई आलोचना समेत गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अहिले अर्थतन्त्रमा समस्या रहेको र व्यवसायीहरुले बैँकबाट ऋण लिएर लगानी गर्न डराइरहेको अवस्थामा व्यवसायिक मनोवल वृद्धि र व्यवसायिक वातावरण निर्माणमा सञ्चार माध्यमले आकर्षित गर्न सक्नुपर्ने बताउनुभयो ।
गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले प्रदेश सरकारका गतिविधिहरुलाई आम जनताकाबीचमा पु¥याउन राससको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले राससको समाचार सेवालाई सबैको पहुँचमा पु¥याउनुपर्ने आवश्यकतामा जोड दिँदै पछिल्लो समय राससले सुरु गरेको २४ घण्टे सेवा, मातृभाषामा समाचार सेवा लगायतका कार्यको प्रसंसा गर्नुभयो ।

राससका पूर्वकार्यकारी अध्यक्ष कोमलनाथ बरालले राष्ट्रिय अन्तर्राष्ट्रि«य महत्वका विषयमा सरकारको धारणा के हो भनेर बुझ्नका लागि रासस समाचार खोजी हुने गरेको बताउनुभयो ।पत्रकारको कलम र माइक्रोफोनले देशमा समृद्धि कायम गर्न सघाउनुे भएकाले खोजमुलक समाचारलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
“खोजमुलक समाचार राससले दिन सक्नुपर्दछ । खोजमुलुक पत्रकारिताले जनताका भोगाई सरकारसम्म ल्याउन सहयोग पुग्दछ र यसले विकास र समृद्धि हासिल गर्न सहयोग पुग्दछ।” पूर्वअध्यक्ष बरालले भन्नुभयो ।
राससका तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख एवं पत्रकार महाङ्घ कास्की शाखाका पूर्वअध्यक्ष नारायण कार्कीले राससको महत्व बढाउनुपर्ने चूनौती रहेको बताउनुभयो । “राससलाई सञ्चार मन्त्रालय मातहत होइन, स्वायत्त संस्थाका रुपमा विकास गरिनुपर्दछ । ” कार्कीले भन्नुभयो ।
रासस गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेलले राससले २४ घण्टानै आफ्नो सेवालाई प्रदान गर्दै आएको बताउनुभयो । उहाँले आधिकारिक, विश्वसनीय सन्तुलित र तथ्यपूर्ण समाचार सम्प्रेसण गर्दै आएको बताउनुभयो ।
देशका ७७ वटै जिल्ला एवं आवश्यकता अनुसार पालिकाहरुमा समेत राससका प्रतिनिधिहरुले हरेक दिन समाचार सम्प्रेशण गर्दै आएको जानकारी दिँदै गण्डकी प्रदेशको पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद र यहाँको उद्योग व्यवसायलाई केन्द्रमा राखेर समाचार प्रकाशन गर्ने गरिएको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, गुरुङ पर्यटन व्यवसायी संघका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङ, पत्रकारहरु विजय नेपाल, दीननाथ बराल, आरजु विष्ट सल्यानी, विमल तिवारी भानु पाण्डे लगायतले रासस समाचारमा गण्डकी प्रदेशका समाचारले प्राथमिकतामा पाएको र राससले नागरिक पत्रकारिता र नागरिक चासोका समाचार दिन सकेमा समृद्धिमा योगदान पुग्ने बताउनुभएको थियो ।
रासस गण्डकी प्रदेश कार्यालयका वरिष्ठ सहायक समाचारदाता रामबहादुर थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत जिल्ला समाचारदाता जमुना शर्माले गर्नुभएको थियो ।