पोखरा महानगरपालिका अन्तर क्लब क्रिकेट: लेखनाथले लेकसाईडलाई हरायो

हिमाली आवाज । पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत बुधबार भएको खेलमा लेखनाथ क्रिकेट क्लव बिजयी भएको छ । लेखनाथले लेकसाईड क्रिकेट क्लवलाई २८ रनले पराजित गर्दै प्रतियोगितामा बिजयी शुरुवात गरेको हो ।

लेकसाईड क्रिकेट क्लवले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको लेखनाथ क्रिकेट क्लवले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनाएको थियो । लेखनाथका लागि सचिन पौडेलले २३ बलमा सर्वाधिक ३४ रन र साहिल पौडेलले १६ बलमा २६ रनको योगदान दिए । लेकसाईडका रबि गुरुङ र केशव सुनारले समान २÷२ विकेट लिएपनि लेखनाथलाई दवाबमा राख्न असफल भए ।

१६५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको लेकसाईड निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रनमा सिमित भएपछि पराजय बेहो¥यो । लेकसाइडका लागि निजामुद्दिन शेखले ४० बलमा ३२ रन र चन्दन पेलाले २४ बलमा २३ रनको योगदान दिएपनि हार टार्न सकेनन् । लेकसाईडलाई सस्तैमा समेट्न लेखनाथका दीपक बराल र विशाल पौडेलले समान २÷२ विकेट लिए ।

बुधबारको खेलमा बिजयी टिम लेखनाथका दीपक बराल म्यान अफ दी म्याच घोषित भए ।प्रतियोगिता अन्तर्गत विहीबारको पहिलो खेल गण्डकी क्रिकेट क्लव र कास्की क्रिकेट क्लव तथा दोश्रो खेल राईजिङ क्रिकेट क्लव र सांग्रीला क्रिकेट क्लवबीच हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट  संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिनुभयो ।

Comments
Loading...