रोहितलाई ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’

हिमाली आवाज । यसवर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिको सिफारिस बमोजिम नयाँपत्रिका दैनिकको पोखरा व्यूरोमा कार्यरत पत्रकार पराजुलीलाई सो पुरस्कारबाट सम्मान गरिन लागिएको हो । पुरस्कारको राशि रु. २५ हजार नगद र सम्मानपत्र रहेको छ ।

यही जेठ २० गते घान्द्रुकमा हुने अन्नपूर्ण म्याराथनको पाँचौ संस्करणको समापन समारोहमा सम्मान गरिनेछ । कास्कीको अन्नपूर्ण गाउँपालिका, घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित एवं सञ्चालित सो पुरस्कार अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने एक जना पत्रकारलाई ३ जुन अर्थात अन्नपूर्ण हिमाल आरोहण दिवस दिन प्रदान गरिन्छ ।

प्रतिभा छनोट समितिको संयोजकमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजवहादुर गुरुङ रहनुभएको यियो । सदस्यहरुमा पत्रकार समेत रहनुभएका आयोजक समितिका कानूनी सल्लाहकार हरिप्रसाद भट्टराई, मिडिया संयोजक पत्रकार टंकराज अधिकारी सगै पदेन सदस्यहरुमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलिप गुरुङ हुनुहुन्थ्यो ।

यस अघि सो पुरस्कारबाट पत्रकारद्वय बासुदेव पौडेल र दीपक परियार, दोस्रोपटक रुपनारायण ढकाल र सन्तोष पोखरेललाई संयुक्त रुपमा र तेस्रोपटक रविचन्द्र पराजुली सम्मानित भइसक्नुभएको छ । पोखरा १, लामपाटन मार्ग घर भएका पराजुली आमा दमयन्ती पराजुली र बुबा माधबप्रसाद पराजुलीका जेठा छोरा हुनुहुन्छ ।

२०६१ सालदेखि पोखरामा रहेर पत्रकारिता गदै आएका पराजुलीले सुरुमा आदर्श समाज राष्ट्रिय दैनिकमा विद्यार्थी पत्रकारको रुपमा पत्रकारिताको यात्रा सुरु गर्नुभयो । त्यसपछि जनमत दैनिक, रेडियो वाराही हुँदै २०६६ देखि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा आवद्ध रहदै पत्रकारीता क्षेत्रमा कृयाशिल हुनुहुन्छ ।

Comments
Loading...