नाट्टा गण्डकीले ग¥यो लुम्बिनीमा पर्यटन प्रर्वद्धनात्मक अन्तरक्रिया

ऋषिराम बराल÷हिमाली आवाज ।
कोभिडले थला परेको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेसँगै व्यवसायलाई थप चलायमान बनाउन यहाँका पर्यटन व्यवसायी अन्तर प्रदेशस्तरीय पर्यटन प्रवद्र्धनमा जुटेका छन् ।

यसैको प्रयासस्वरुप नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धन एवंनेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा लुम्बिनी प्रदेशको भैरहवामा अन्तर प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन एवं अन्तरक्रिया कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष किशोर दाहालको नेतृत्वमा चारदिने पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम लिएर नेपालगन्ज हुँदै लुम्बिनीको भैरहवा पुगेको हो ।

नाट्टा गण्डकीद्धारा शनिबार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश पर्यटन परिषद्का प्रमुख कार्याकारी अधिकृत रामु जोशीले गौतम बुद्धको जन्मभूमि लुम्बिनी र पर्यटकीय क्षेत्र पोखराका पर्यटन व्यवसायीबीचको समन्वयमा स्वदेशी तथा विदेशी पर्यटक धेरैभन्दा धेरै भित्र्याउन सकिने बताउनुभयो ।
भैरहवा नाकाबाट मात्र वार्षिक एक लाखको संख्यामा भारतीय धार्मिक पर्यटक नेपाल छिर्ने गरेका र ती अधिकाशंको मग्तव्य पोखराहुँदै मुक्तिनाथ दर्शन गर्न जाने तथ्याङले देखाएको जानकारी दिँदै पोखरेली पर्यटन व्यवसायीले भारतमा समेत पुगेर पोखराको पर्यटन प्रवद्र्धन गर्न आवश्यक देखिएको बताउनुभयो ।
पोखराका पर्यटन व्यवसायीले पोखरामा आउने पर्यटकलाई लुम्बिनीका पर्यटकीय गन्तन्यका बारेमा प्रचार र लुम्बिनीका व्यवसायीले पोखराका पर्यटकीय गन्तव्यको प्रचार गर्न सक्यौ भने पर्यटकको वसाई थप लम्ब्याउनुको साथै सख्या समेत वढ्ने विश्वास व्यक्त गर्नभयो । उहाँले पर्यटकलाई स्वतन्त्ररुपमा आफ्ना गतिविधि गर्न दिने वातावरण सरकारले बनाउनुपर्नेमा पनि उहाँको जोड छ ।

पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद भुसालले भारतीय पर्यटकलाई सीमा नाकाबाट आउन सजिलो बनाउन केन्द्र सरकारले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । सरकार र पर्यटन व्यवसायीबीचको समन्वयमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम लिएर अगाडि वढ्न पर्ने भनाइ उहाँको छ ।
भैरहवा विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबुु तिवारीले पर्यटन प्रवद्र्धनमा टुर्स एण्ड ट्राभल कम्पनीको महत्व धेरै हुने भएकाले भारतसँगको कनेक्टिभिटी र पर्यटन गन्तव्यको प्रचारप्रसार गर्ने कार्यमा यी कम्पनी जागरुक हुन पर्नेमा जोड दिनुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले दुई पर्यटकीय प्रदेशको पर्यटन प्रवद्र्धनमा व्यवसायी र सम्वद्ध संस्थाले जोड दिन सक्यौ भने देशको अर्थतन्त्र र पर्यटन विकासमा सहयोग पुग्ने विश्वास दिलाउनुभयो । साथै उहाँले यहाँ आउने धार्मिक पर्यटकलाई लुम्बिनी र मुक्तिनाथसँग जोडन् पर्नेमा पनि उहाँको जोड थियो ।

नाट्टा गण्डकीका निवर्तमान अध्यक्ष हरिराम अधिकारीले देशको अर्थतन्त्र वृद्धि गर्ने मुख्य श्रोत पर्यटन, कृषि र ऊर्जा भएकाले त्यसतर्फ सरकारको ध्यान जान आवश्यक भएको बताउनुभयो । लुम्बिनी र गण्डकी प्रदेश पर्यटकीय क्षेत्र भएकाले प्रदेश सरकारले यी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रवहादुर थापाले लुम्बिनी र गण्डकी प्रदेशको पर्यटन विकासमा सरकारले जुरुन रुपमा ध्यान दिनुपर्ने बताउनुभयो ।

उक्त अवसरमा भैरवहवाका पर्यटन व्यवसायी राजीव शाह, सागर अधिकारी, गणेशप्रसाद वेलवासीले आफ्नो भनाइ राख्नुभएको थियो । नाट्टा गण्डकीका प्रथम उपाध्यक्ष संगिता पौडेल, महासचिव चेतन कार्की लगायले पर्यटन विकासका बारेमा बोल्नु भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले गर्नुभएको थियो । नाट्टा गण्डकीका द्धितीय उपाध्यक्ष राजेश पहारीको ंसंयोजनमा निक्केको २० सदस्यीय नाट्टाको टोली चार दिने प्रवद्र्धनात्मक भ्रमणपछि आज पोखरा फर्केको छ ।

Comments
Loading...