पोखरामा रवि लामिछाने,विकास र सुशासनका लागि मत दिन आग्रह

हिमाली आवाज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पोखरा आउनुभएको छ । उहाँले पोखरामा तीन स्थानमा सम्वोधन गर्नुभयो । तालचोक, हेमजा र पृथ्वीचोकमा उहाँले पार्टी कार्यकर्ता र जनतालाई सम्वोधन गर्नुभयो ।

सो अवसरमा उहाँले देशमा विकास र सुशासन चाहिएकाले त्यसका लागि आफू नेतृत्वको पार्टी जनतामाझ आएको दाबी गर्नुभयो । आगामी निर्वाचनबाट मुलुकले सक्षम नेतृत्व पाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

सुशासनको एजेण्डासहित निर्वाचनमा होमिएको भन्दै अघिल्लो निर्वाचनको तुलनामा बढी सिट जितेर रास्वपा ससंद्मा पुग्ने लामिछानेको दाबी थियो । सभापति लामिछानेले न्याय र सुशासनको माग गर्दा सहिद भएका नवयुवाहरूको सपनालाई खेर जान नदिने समेत स्पष्ट पार्नुभयो ।

सभापति लामिछानेले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले मुलुकलाई नयाँ दिशादिर्नेशन गर्ने बताउनुभयो । सुशासन र समृद्धिसहित देशभित्रै रोजगारी सिर्जना गर्न सके युवाको विदेश पलायनलाई रोक्न सकिने सभापति लामिछानेको भनाइ छ।

Comments
Loading...