हिमाली आवाज । पोखराका लागि रोयल इन्फिल्डको आधिकारिक बिक्रेता क्लासिक ड्राइभ प्रालिले नेपालमा लोकप्रिय हन्टर ३५० को नयाँ भेरियन्ट तथा दुई नयाँ रङ सार्वजनिक गरेको छ ।
नयाँबजारस्थित शोरुममा बुधबार आयोजित कार्यक्रममा क्लासिक ड्राइभ प्रालिका प्रवन्ध निर्देशकद्धय अनिता रानाभाट र सरस्वती गोतामे सुवेदीले हन्टर ३५० को नयाँ भेरियन्ट सार्वजनिक गर्नुभएको हो । नयाँ भेरियन्ट टार्माक ब्ल्याक रङमा उपलब्ध हुनेछ भने टप भेरियन्टमा मुम्बई यल्लो र मुनसट ह्वाइट गरी दुई नयाँ रङ थपिएका छन्।
नयाँ भेरियन्टमा एलोय ह्विल, डिजि–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ राइडर इन्टरफेस, सिंगल च्यानल एबीएसलगायत सुविधा छन्। कम्पनीका अनुसार हन्टर ३५० को सहज राइडिङ, चुस्त ह्यान्डलिङ तथा ‘प्योर मोटरसाइक्लिङ’ को विशेषतालाई नयाँ भेरियन्टमा पनि निरन्तरता दिइएको छ।
टार्माक ब्ल्याक भेरियन्टमा रोडस्टर डिजाइनलाई कायम राख्दै एलोय ह्विल, राउन्ड ह्यालोजन हेडलाम्प, डिजि–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, रोटरी स्विचगियर, स्टिच्ड सिट र स्पोर्टी ग्राब रेल राखिएको छ। यसमा सिंगल च्यानल एबीएस र स्लिप–एन्ड–असिस्ट क्लचसमेत रहेको कम्पनीले जनाएको छ।
टप भेरियन्टमा थपिएका मुम्बई यल्लो र मुनसट ह्वाइट रङले ग्राहकलाई आफ्नो रुचिअनुसार मोटरसाइकल छनोट गर्ने थप विकल्प दिएको कम्पनीको भनाइ छ। मुम्बई यल्लो रङ मुम्बईको कला, चलचित्र तथा जीवन्त सहरी वातावरणबाट प्रेरित रहेको जनाइएको छ। मुनसट ह्वाइटमा ‘ओरायन’ अर्थात् शिकारी नक्षत्रबाट प्रेरित ग्राफिक्स तथा आकाशीय तत्व प्रयोग गरिएको छ।

क्लासिक ड्राइभका निर्देशक अनिता रानाभाटले हन्टर ३५० आफ्नो डिजाइन, चुस्त ह्यान्डलिङ र दैनिक प्रयोगमा सहजताका कारण पोखरेली राइडरमाझ लोकप्रिय बन्दै गएको बताउनुभयो । नयाँ भेरियन्ट र रङले ग्राहकलाई थप विकल्प उपलब्ध गराउने उहाँको भनाइ छ । उहाँले हालसम्मको यात्रामा सहयोग गर्ने सवैप्रति आभार व्यक्त गर्नुभयो ।
निर्देशक सरस्वती गोतामे सुबेदीले पनि हन्टर ३५० ले पोखरेली राइडरमाझ राम्रो सम्बन्ध बनाएको बताउँदै नयाँ भेरियन्ट र रङले यसको बजार विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
नयाँ टार्माक ब्ल्याक भेरियन्टको मूल्य चार लाख ८७ हजार रुपैयाँ (एक्स–शोरुम, नेपाल) तोकिएको छ। त्यस्तै, मुम्बई यल्लो र मुनसट ह्वाइट रङमा उपलब्ध टप भेरियन्टको मूल्य पाँच लाख ११ हजार रुपैयाँ (एक्स–शोरुम, नेपाल) रहेको छ।
नयाँ भेरियन्ट तथा रङमा उपलब्ध हन्टर ३५० को बुकिङ तथा बिक्री सेप्टेम्बर १६, २०२६ देखि नेपालभरका अधिकृत रोयल इन्फिल्ड डिलरमार्फत सुरु हुने कम्पनीले जनाएको छ ।
