हिमाली आवाज । अल्जाईमर रोग कुनै जुनीको पाप होईन, यो सरुवा रोग पनि होईन त्यसैले घरपरिवार र समुदायमा डर उत्पन्न गराउनु हुँदैन भन्दै आज पोखरामा पनि बिश्व अल्जाईमर दिवस मनाईयो । संयुक्त राष्ट्रसंघले घोषणा गरेको बिश्वब्यापि मान्यताको मानव अधिकार मध्य ज्येष्ठ नागरिकहरुलाई प्रायः हुने अल्जाईमर अर्थात बिर्सने समस्याबाट पीडित बिरामीहरुको संरक्षणका लागि पनि उत्तिकै क्रियाशिल हुनु पर्ने बताईएको छ ।
पोखरामा आयोजित अल्जाईमर रोग सम्बन्धी सचेतना कार्यक्रमका बरिष्ठ मानसिक चिकित्सक प्रा.डा.निर्मल लामिछानेका अनुसार बिर्सने रोग अर्थात अल्जाईमर समस्याको तथ्याङ्क नेपालमा बिश्वसनीय नरहे पनि बिश्वब्यापी यो रोग डरलाग्दो ढंगले बढेको बताए ।
पोखरा बृद्धाश्रम र गण्डकी ज्येष्ठ नागरिक संघको, आंशिक सहयोगमा संचालित उक्त सचेतना कार्यक्रमको प्राबिधिक सहयोग गण्डकी प्रदेशकै पहिलो मानसिक अस्पताल बि.जी.हस्पिटल एण्ड रिसर्च सेण्टर पोखराले गरेको थियो । कार्यक्रमका मुख्य अतिथि एवम प्रमुख सहजकर्ता प्रा.डा.लामिछानेलेका अनुसार बिश्वब्यापी तथ्यांक अनुसार यो रोगबाट पीडितहरुको संख्या करिब १०.५० प्रतिशत पुगेको अनुमान गरिएको छ ।

पोखरा महानगर स्तरीय शहरी स्वास्थ्य केन्द्र, नर्स, ज्येष्ठ नागरिक स्यहारकर्ता सम्बन्धी का ज्येष्ठ नागरिकसंग सरोकार राख्ने संस्थाहरु साथै चिकित्सक, स्वास्थ्यकर्र्मी, स्वयम ज्येष्ठ नागरिक दिवासेवामा कार्यरत ब्यक्तिहरु सम्मिलित थिए ।
कार्यक्रमको सहजिकरण बरिष्ट मनोपरामर्शदाता सम्झना पराजुलीले सहभागिहरुलाई अल्जामर स्क्रिनिङ्ग टेष्टको महत्व तथा मानसिक स्वास्थ्य सचेतना सम्बन्धी प्रशिक्षण दिएकी थिईन । कार्यक्रममा पोखरा महानगर स्वास्थ्य कशमशाखाका उपप्रमुख तेजाखर लम्सालले कार्यक्रमले बिशेष गरी स्वदेश वा बिदेशमा सेवा गर्न चाहने स्याहारकर्तालाई अल्जाईमर रोग बारे सिक्ने अवसर पाएको बताएका थिए ।
सचेतना कार्यक्रम सम्बोधन गर्दै तत्कालिन राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ केन्द्रका महासचिव समेत रहेका कुसुम केशव पराजुलीले अल्जाईमर रोगको न्युनिकरण तथा रोकथाममा सरकारले ध्यान दिन नसकेको बताए । उनले अल्जाईमर सचेतना र त्यस्को महत्वबारे सरकारले प्रचार प्रसारमा ध्यान दिनु पर्ने बताएका थिए ।
उक्त अवसरमा गण्डकी ज्येष्ठ नागरिक संघका उपाध्यक्ष धर्म बहादुर गुरुङ्ग, पोखरा बृद्धाश्रमको तर्फबाट कार्यक्रम उप–संयोजक पार्वती थापा कार्की र सल्लाहकार भेषराज लम्साल साथै वडा नम्बर १७ का जनप्रतिनिधि शिवराम भण्डारीले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
