हिमाली आवाज । पोखरा १४ काजिपोखरी स्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरुका लागि “आत्म रक्षा” सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम संञ्चालन गरिएको छ ।
पठनपाठन संगसंगै छात्राहरुलाइ आत्मरक्षामा अब्बल बनाउने उदेश्यले आयोजित कार्यशालामा जोन्टा क्लब अन्र्तगत गोल्डेन जि क्लब अफ अन्नपूर्ण र ईम्प्याक्ट तेकवाण्डो डोजन बाट आएका प्रशिक्षक निरोज बहादुर नेपालीले प्रशिक्षण दिनुभयो ।

प्रशिक्षक नेपालीले छात्राहरुमा मानसिक आवस्था छात्राले भोग्ने तनाब, समाजमा देखा पर्ने यौनजन्य दुव्यवहारले शिक्षण सिकाइमा पार्ने असरका बारेमा प्रकाश पार्नुभयो ।
प्रमुख अतिथि तथा क्याम्पस प्रमुख प्राध्यापक बिरन्जी गौतमले प्रभावकारी पठनपाठनका लागि विद्यार्थी स्वय आफनो मानसिक र शारिरिक रुपमा स्वास्थ र सचेत हुन आवश्यक रहेको बताउनुभयो। विद्यार्थीहरु आफ्नो सुरक्षा प्रति सचेत रहेमा त्यसले क्याम्पस र समाजलाई अनुकुल प्रभाव पार्ने उहाँको भनाई छ ।
जोन्टा क्लब पोखरा र गोल्डेन जि क्लब अफ अन्नपूर्णले क्याम्पसलाई विभिन्न समयमा विद्यार्थी केन्द्रित परिक्षणहरु छात्रवृक्ति लगायत विविध क्रियाकलापलाई सञ्चालनमा सहयोग पुरयाएकोमा धन्यबाद व्यक्त गर्नुभयो ।ईम्प्याट तेकवाण्डो डोजनका प्रशिक्षकबाट क्याम्पस सभाहलमा आत्म सुरक्षा सम्बन्धि विभिन्न अभ्यास गराइएको थियो ।
आत्मरक्षा सम्वन्धि प्रशिक्षकबाट प्राप्त ज्ञानले विद्यार्थीहरुमा आत्म विश्वास वढ्ने कार्यक्रम संयोजक तथा शिक्षीका साम्राज्ञी थापाले बताउनुभयो ।
क्याम्पसका सहायक क्याम्पस प्रमुख युवराज गुरुङ्ग र शालिकराम तिमिल्सिनाले प्रशिक्षणबाट प्राप्त सिप लाई व्यवहारमा लागु गर्ने र आफ्ना साथीहरुलाई पनि यस वारेमा सचेत गराउनुपर्नेमा जोड दिनुभयो । गोल्डेन जि क्बलका अध्यक्ष आकाश वि क को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जोन्टा क्लबका अध्यक्ष निलिसा के सीले उपस्थित सम्पूर्णलाई धन्यबाद व्यक्त गर्नुभएको थियो ।
