हिमाली आवाज । स्क्वायर मोटर्स प्रा.लि.ले नेपालीहरूको महान् पर्व दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै पोखरामा ‘दशैँ मेगा एक्सचेन्ज इभेन्ट’ आयोजना गर्ने भएको छ।
पोखराका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको आधिकारिक डिलर स्क्वायर मोटर्सले असोज १८ गतेदेखि असोज २६ गतेसम्म पोखराको अमरसिंह चौरमा उक्त एक्सचेन्ज इभेन्ट आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन गरी जानकारी दिएकाे हाे ।
इभेन्टअन्तर्गत ग्राहकले टीभिएस का मोटरसाइकल तथा स्कुटर खरिद गर्दा रु. १० लाखसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। त्यस्तै, जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटर साट्न चाहने ग्राहकका लागि बजारमै उच्चतम मूल्यांकनको व्यवस्था गरिएको स्क्वायर मोटर्सका अध्यक्ष आदर्शमान श्रेष्ठले जानकारी दिनुभयाे । उहाँका अनुसार ग्राहकले गोल्डेन की (Golden Key) वा १०० प्रतिशत क्यासब्याक लगायतका अफरसमेत प्राप्त गर्न सक्नेछन्।
नागरिकता र लाइसेन्सका आधारमा सहज फाइनान्स सुविधा, निःशुल्क एसेसरिज तथा लक्की ड्रमार्फत पाँच वर्षसम्म निःशुल्क सर्भिसिङजस्ता सुविधा पनि योजनामा समावेश छन्। त्यस्तै, TVS Electric Scooter खरिदमा रु. १० हजारसम्मको नगद छुट उपलब्ध गराइनेछ।
पुराना बाइक तथा स्कुटर एक्सचेन्ज गर्न चाहने ग्राहकका लागि उच्चतम मूल्यांकनको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। साथै, हरेक हप्ता एक जना भाग्यमानी ग्राहकले २.५ ग्राम सुनको सिक्का जित्न सक्नेछन्। स्वयार मोटर्सले पोखरा बजारमा विभिन्न मोडलका TVS मोटरसाइकल तथा स्कुटर उपलब्ध गराउँदै आएको छ। स्कुटरतर्फ १२५ सीसीअन्तर्गत TVS Ntorq XP, Ntorq Race Edition र Ntorq Disc FI तथा ११० सीसीअन्तर्गत TVS Jupiter उपलब्ध रहेको कम्पनीले जनाएको छ। त्यस्तै, मोटरसाइकलतर्फ TVS Raider र ११० सीसीको TVS Radeon लगायतका मोडल रहेका छन्।
स्क्वायर माेटर्सका निर्देशक विनाेज पाेटेले पुस्तामाझ लोकप्रिय रेसिङ डीएनए तथा प्रिमियम मोटरसाइकलअन्तर्गत TVS Apache RTR Series (160 2V, 160 4V र 200 4V) तथा रेट्रो क्लासिक ट्युबुलरयुक्त TVS Ronin 225 CC समेत एक्सचेन्ज योजनामा समावेश गरिएको बताउनुभयाे । उहाँले विद्युतीय स्कुटरतर्फ पोखराको पहिलो भएको बताउँदै TVS iQube Electric का 3.0 र 3.5 भेरियन्ट तथा TVS Orbiter Electric Scooter समेत उपलब्ध रहेको बताउनुभयाे ।
स्वयार मोटर्सले दशैँ, तिहार तथा छठको अवसरमा आयोजना गर्न लागेको इभेन्टमा ग्राहकलाई नयाँ सवारीसाधन खरिद तथा पुरानो सवारीसाधन एक्सचेन्जको अवसरसँगै विभिन्न छुट तथा उपहार प्रदान गर्ने प्रवन्धक सन्ताेष पाेखरेलले बताउनुभयाे । कम्पनीले अमरसिंह चौरमा आयोजना हुने कार्यक्रममा सहभागी भई टेस्ट राइडमार्फत समेत अफरको लाभ लिन ग्राहकलाई आग्रह गरेको छ।
