नेपाल निर्माण व्यवसायी संघ कास्कीको स्थापना दिवसमा रक्तदान

हिमाली आवाज । नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३५ औँ स्थापना दिवस आज रक्तदान कार्यक्रम गरी मनाइएको छ ।
संघको कार्यालय पोखरा–७ टुरिष्टबसपार्कमा आयोजित कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ ।

कोरोना संक्रमण जोखिमका कारण नियमित रक्तदानका कार्यक्रममा कमी आउँदा अस्पतालहरुमा बिरामीलाई अत्यावश्यक रगत अभाव हुन नदिन कार्यक्रम गरिएको संघले जनाएको छ । स्थापना दिवसका अवसरमा संघले वर्षेनी विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका मानार्थ सदस्य एवं संघका सल्लाहकार शिवशंकर गौचनले विभिन्न आरोह अवरोह पार गर्दै संघ अहिलेको अवस्थामा आएको बताउँदै व्यावसायिक एकतामा जोड दिनुभयो ।

संघका अध्यक्ष सुरेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका सल्लाहकार एवं पूर्व अध्यक्षहरु चिरञ्जिवि पोखरेल,मुक्ति प्रसाद तिमिल्सिना, अर्जुनबहादुर क्षेत्री, गण्डकी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष टंकराज बराल, निर्वतमान अध्यक्ष बासुदेव गौचन, वरिष्ठ व्यवसायी झपिन्द्रराज रेग्मी, युवा व्यवसायी दीपेन्द्र मर्सानी, लगायतले शुभकामना मन्तव्य राख्नुभएको सचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।

Comments
Loading...