हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमालें)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पाँच दलीय सत्ता गठबन्धनलाई जनमतमार्फत एमालेले आगामी निर्वाचनमा एकैपटक पछार्ने दावी गर्नुभएको छ ।
नेकपा एमालेको गण्डकी प्रदेश स्तरिय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलााई सम्बोधन आज पोखरामा सम्वोधन गर्दै उहाँले अध्यक्ष ओलीले गठबन्धनमा आबद्ध दलहरुले चुनावमा हारिन्छ भन्ने डरले चुनाव सार्ने षडयन्त्र गरिरहेको आरोप समेत लगाउनुभयो ।
ओलीले गठबन्धन नटुटेपनि आगामी चुनावमा एमालेले जित्ने दाबी गर्दै एक्लाएक्लै चुनाव लड्ने गठबन्धनमा आबद्ध दलहरुमा हुत्तीसमेत नभएको टिप्पणी गर्दै भन्नुभयो,‘यो गठबन्धन टुट्दैन, टुट्नै हुँदैन, टुट्यो भने धुलोपीठो हुन्छ । पाँचदललाई एकैपटक आउ भन्छौं, सबैलाई एकमुष्ठ पार्छौं र एकैपटक पछार्छौं ।’
कार्यक्रममा अध्यक्ष ओलीले जसपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज गणेशमान गुरुङसहितका नेताहरुलाई एमाले पार्टीमा प्रवेश गराउनुभएको थियो । विसं २०७० मा चुनावका समयमा गुरुङले एमाले परित्याग गर्नुभएको थियो ।
गुरुङसँगै एमाले प्रवेश गर्नेहरुमा जसपा केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति ईञ्चार्ज देवीराज गुरुङ (तमु), केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति अध्यक्ष हुमबहादुर गुरुङ, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश समितिका उपाध्यक्ष दीपक तामाङलगायतका नेताहरु छन् । सो अवसरमा नेपाली काँग्रेस र माओवादी केन्द्रका पनि केही नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

