हिमाली आवाज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) माछापुच्छ्रे कमिटीले पालिकास्तरीय कार्यालय स्थापना गरेको छ ।
गाउँपालिकाको केन्द्र लाहाचोकमा आज सो कार्यालयकको पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद दुर्गा विकले उद्घाटन गर्नुभयो ।


आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनका लागि माछापुच्छ्रेमा माओवादीले आक्रामक चुनावी अभियान सुरु गरेको छ । सबै वडामा पार्टी कार्यालय स्थापना गरिसकिएको र अव घरदैलो अभियान सुरु गरिने गाउँपालिका कमिटी अध्यक्ष बैकुण्ठ भण्डारीले बताउनुभयो ।
एमाले टोल कमिटीका अध्यक्ष माओवादी प्रवेश
यसैबीच नेकपा(एमाले) वडा नं २ स्थित बाझोखेत टोल कमिटीका अध्यक्ष बैसलाल विक एमाले परित्याग गरी माओवादी प्रवेश गर्नुभएको छ । विकको नेतृत्वमा २० जना माओवादीमा प्रवेश गरेको दावी गरिएको छ । नवप्रवेशीहरुलाई पार्टी केन्द्रीय सदस्य दुर्गा विकले पार्टीमा स्वागत गर्नुभयो ।
