हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी) केन्द्रबाट पोखरा महानगरपालिका–१८ का वडाध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले आफ्नो चुनावी प्रचार अभियान सुरु गर्नुभएको छ ।
उम्मेदवार तिमिल्सिनाले घरदैलो अभियान सुरु गर्दै जनतासँग भोट मात्र माग्नु भएको छैन, जनताको दुःख र पीरमर्कालाई समेत टिपोट गर्दै समाधानको गर्ने प्रतिवद्धता समेत जनाउँदै आउनुभएको छ ।
उहाँको चुनावी अभियानमा जनताको उत्साहजनक सहभागिता देखिएको छ । चुनावी अभियानमा अध्यक्ष तिमिल्सिनाले आफूले जहिले पनि जनताको साथमा रहेर काम गरेकाले वडाध्यक्षमा विजयी गराएर थप जनताको काममा लाग्ने अवसर प्रदान गर्न आग्रह समेत गर्नुभएको छ ।

बुधबार देखी चुनाव प्रचार प्रसारमा खटिनुभएका तिमिल्सिनाले बिहीबार मेथलाङमा चुनावी प्रचार सभाको सम्बोधन गर्ने क्रममा निर्वाचित भएपछि सरकारी सुविधाबापत प्राप्त हुने सबै रकम सामाजिक कार्यमा खर्च गर्ने प्रतिवद्धता जनाउनुभयो ।माओवादीले पोखरा–१८ मा गरेको विकास, जातिय विभेद बिरुद्व बोलेको, सामान्तिले जनताको खाएको सम्पति फिर्ता गर्देको लगायतका काम गरेको जनतालाई स्मरण गराउनुभयो ।
उहाँले भन्नुभयो,“माओवादीले न्याय दिएका सबैले भोट दिएमा अन्यसंग भोट नमागे पनि चुनाव जित्ने अवस्था छ । फटाहा र सामन्तबादलाई हटाउन पनि गठबन्धनलाई जनताले भोट दिनु आवश्यक छ ।”
निर्वाचन परिचालन कमिटी सदस्य एवं पार्टीका नेता टिकाराम तिमिल्सिना ४६ सालको आन्दोलनले नदिएको अधिकार ६२र६३ को आन्दोलनले दिएको बताउनुभयो । थोरै जनसंख्या भएको समूहलाई पनि अवसर माओवादीले दिएको बताउँदै विकासप्रेमी तिमिल्सिना वडाध्यक्षको उम्मेदवार भएर आउदा सराङकोट बासी खुसी भएको उल्लेख गर्नुभयो ।
उत्पिडित समुदायका नेता लक्षुमण परियार यसपाली माओवादीले जित हासिल गरेमा मात्र उत्पिडितले न्याय पाउने बताउनुहुन्छ । पुराना कम्युनिस्ट नेता टुकबहादुर थापाले माओवादीबाट राम्रो र जुजारु नेता पाएकोले बिजय गराउनुपर्ने बताउनुभयो ।
पोखरा १८ मेथलाङ टोल कमिटीका अध्यक्ष मनोज गौतमले सुःखी सराङकोटवासी र समृद्ध सराङकोटका लागि माओवादीलाई विजय गराउनुपर्ने बताउनुभभयो ।
माओवादी केन्द्र पोखरा १८ का अध्यक्ष पुणाखर तिमिल्सिनाले सराङकोटमा माओवादीको जित निश्चित भएको दावी गर्नुभयो । माओवादीले सो वडामा राजु तिमिल्सिना वडाध्यक्ष सहित महिला सदस्यमा दुर्गा अधिकारी, दलित महिला सदस्य साहारा नेपाली, खुला सदस्यमा उमनाथ तिमिल्सिना र हुमबिर पुन उम्मेदवार बनाएको छ ।

