हिमाली आवाज । पाँच दलीय गठबन्धन पोखरा २२ निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । पोखरा २२ स्थित आलेश्वाँरा (तिहार) माउक्त सम्पर्क कार्यालय एक समारोहका बिच आइतबार उद्घाटन गरिएको हो ।
नेपाली काग्रेंसका नेता राजबहादुर गुरुङले उक्त सम्पर्क कार्यालयको उद्घाटन गर्दै प्रतिगमन बिरुद्ध एक हुनुपर्ने अबस्था रहेको बताउनु भयो । उहाँले पोखरा २२ का साझा उमेदवार अध्यक्षका प्रत्यासी हिमलाल बराललाई भूई कटरमा पुम्दीभुम्दीबासीले आफ्नो अमुल्य भोट दिलाउदै अत्याधिक बहुमतले विजयी गराउने विश्वास व्यक्त गर्नु भयो ।
नेपाली कागें्रस पोखरा २२ का सभापति होम प्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको उक्तकार्यक्रममा माओबादी केन्द्र पोखरा २२ का अध्यक्ष नवराज बराल, नेकपा एकिकृत समाजवादी पोखरा २२ का अध्यक्ष जगन्नाथ बाँस्तोला लगायतले अहिलेको अबस्थामा गठबन्धको एकताआवश्यक भएकोमा जोड दिनु भएको थियो । कागें्रस तथा माओबादीले पोखरा २२ मा अध्यक्षको उमेदवारको नाम फिर्ता गर्दै साझा उमेदवार हिमलाल लाई समर्थन गर्दै अघि बढेका छन्।
पोखरा २२ का अध्यक्षका प्रत्यासी हिमलाल बरालले हाल आफु स्वतन्त्र उमेदवार सवैको साझा उमेदवार भएकोले पोखरा २२ का जनताको अत्याधिक बहुमत प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो । समुन्नत पोखराको आधार सबल अर्थतन्त्र र पुर्वाधार भन्ने नाराका साथ ५ दलीय गठबन्धनले पोखराको मेयरमा नेकपा एकिकृत समाजबादीका धनराज आचार्यलाई मेयरमा, काग्रेँकी नेतृ कोपिला रानाभाटलाई उपमेयरमा उमेदवारको रुपमा उठाएको हो ।
पोखरा २२ को अन्य सदस्यहरुमा कागं्रेसकी लक्ष्मी बराल महिला सदस्य, माओबादी केन्द्रकी कल्पना रसाइली दलित महिला सदस्यमा, खुल्ला सदस्यमा चेतभत्त बराल र हुमबहादुर गुरुङ रहनु भएको छ ।

