अवैध निर्माणमा प्रयोग भएको रेडीमिक्स्चर पोखरा महानगरको नियन्त्रणमा

हिमाली आवाज । फेवातालको ६५ मिटर मापदण्ड भित्रकुनै पनि नयाँ संरचन ानिर्माण नगर्न दिइएको महानगरको निर्देशन विपरीत पोखरा ६ खहरे स्थित दीपेन्द्र महर्जनको घरको तेस्रो तला ढलानमा प्रयोग भइरहेको ग१क ४८२२ नं.को रेडीमिक्स्चर महानगरपालिकाले नियन्त्रणमा लिएको छ ।

शनिवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य स्वयम उपस्थित भएर सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम फेवातालको ६५ मिटर मापदण्डभित्र कुनै पनि नयाँ संरचना निर्माणमा रोक लगाएको विषय त्यस क्षेत्रका घरधनीहरूलाई जानकारी गराउनु भएको थियो ।

तर, त्यसको भोलिपल्ट स्थानीय दीपेन्द्र महर्जनले अदालत र महानगरको निर्देशनविपरीत नक्सापास नै नगरी घरको तेस्रो तला ढलान गर्नुभयो ।
महर्जनको घर ढलान भइरहेको सूचना प्राप्तभएपछि महानरका प्रहरीहरूले सई थापाको नेतृत्वमा सो स्थानमा पुगी फेवा रेडीमिक्स्चर प्रा।लिको मिक्स्चर सामान सहित नियन्त्रणमा लिनुभयो । यस अघि पोखरा महानगरपालिकाले निर्माण व्यवसायीहरूलाई समेत कुनै पनि निर्माण कार्यमा सेवा प्रवाह गर्दै गर्दा त्यसको वैधता यकिन गर्न सूचना जारी गरेको थियो ।

सूचना अनुसार पोखरा महानगरपालिकाले तोकेका मापदण्ड विपरीत निर्माण भइरहेका कुनै निर्माणकार्यमा संलग्न व्यवसायीहरूले त्यसको वैधता परीक्षण नगरी सेवा प्रवाह वा अवैध संरचना निर्माणलाई प्रोत्साहन गरेको पाइए निर्माणमा प्रयोग भैरेका निर्माण सामाग्री तथा सवारी साधनहरू जफत गर्नेछ ।

Comments
Loading...