कृषि र पर्यटन : बराल र भण्डारीको अर्जुनदृष्टि

हिमाली आवाज । देश संघीय संरचनामा गैसकेपछि पहिलो पटक २०७४ सालमा प्रदेश सभा संरचनाको निर्वाचन भयो । तत्कालीन नेकपाले मुलुकका ६ वटा प्रदेशमा एकल बहुमतको सरकार बनायो ।

सोही अनुरुप गण्डकी प्रदेशमा पनि नेकपाको सरकार बन्यो । गण्डकी प्रदेश सरकारको मन्त्रीमण्डलमा कृषि मन्त्री हुनुहुन्थ्यो, नेकपा (माओवादी) केन्द्रका नेता लेखबहादुर थापा । उहाँ कृषिमन्त्री भएपछि प्रदेशका किसानलाई तरंगित पार्ने गरी एउटा कार्यक्रम ल्याउनुभयो । त्यो कार्यक्रम हो, जग्गाको चक्लाबन्दी मार्फत सामुहिक खेती ।

यो कार्यक्रम प्रदेशका विभिन्न जिल्लामा सञ्चालन भयो । प्रदेश सरकारको अनुदानमा सञ्चालन भएको उक्त कार्यक्रम कास्कीको माछापुछ«े पनि सञ्चालन भएको थियो । करिब ३ सय रोपनी जमीनमा सञ्चालन भएको उक्त कार्यक्रमबाट घाचोकका किसानले मनग्ये फाईदा उठाएका छन् ।

कृषिमन्त्री थापाले कार्यक्रम सञ्चालन गरेपछि पछाडीबाट द¥हो साथ दिनेमा प्रदेश साँसद हुनुहुन्थ्यो, रामजी बराल । उहाँको भरपर्दो ‘व्याक सपोर्ट’ का कारण घाचोकका किसानले अहिले पनि सो कार्यक्रमको प्रशंसा गर्छन् ।

प्रदेशका सांसद बराल अहिले सोही क्षेत्र समेटिएको कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेदवार हुनुहुन्छ । पाँच दलीय गठबन्धनबाट बराल संघको उम्मेदवार हुँदा प्रदेशमा दुर्गादत्त भण्डारी उम्मेदवार हुनुहुन्छ । निर्वाचन अभियानका क्रममा उम्मेदवार दुबै जनाले पटक पटक उक्त कार्यक्रम सम्झिरहनुभएको छ ।

मतदातासँगको भेटघाटका क्रममा उम्मेदवारद्धयले धेरै ठुला सपना बाँढ्नुभएको छैन । ततत्स्थानको सम्भावनाको उजागर गर्नुभएको । बरालको क्षेत्रमा दुईवटा गाउँपालिका छन् । अन्नपूर्ण र माछापुछ«े । यि गाउँपालिकाको आर्थिक आधार भनेको कृषि र पर्यटन नै हो । निर्वाचन अभियानका क्रममा उहाँले कृषि पर्यटन नै आर्थिक विकासको आधार भएको बताउनुभयो ।

चुनाव प्रचार अभियान अन्र्तगत कास्कीको माछापुच्छ«े गाउँपालिका २ स्थित सार्दीखोलामा मंगलबार आयोजित कोण सभामा सम्बोधन गर्दै उमेदवार बरालले नेपालको आर्थिक विकास र समृद्धिको मुल आधार मै कृषि पर्यटन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“कृषिप्रधान हाम्रो मुलुकमा घरगाँउका धेरै जग्गा अझै पनि बाँझै छन, पर्यटकीय गाँउहरुको प्रबद्र्धन गर्न बजारबाट टमटर र तरकारी गाँउ लगेर स्थानिय उत्पादनको कुनै प्रबद्र्धन हुदैन् यसले हामीलाई आत्मनिर्भर भन्दा परनिर्भर बनाउने छ । ”

बरालले पालिका जोड्ने रातोपानीको पुल केही समय अघि आफैले शिल्यान्स गरेको उल्लेख गर्दै उहाँले यसै बर्ष भित्र उक्त पुल निर्माण कार्य सम्पन्न हुने दाबी गर्नुभयो । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री समेत रहनुभएका उमेदवार बरालले खादरजुङ स्कुलको संरक्षण सहितको बाटो, खानेपानी, सिचाई सहित स्थानिय आमा समुहहरुको भवन निर्माणमा सक्दो सहयोग प्रतिवद्धता जनाउनुभयो ।

कास्की निर्वाचन क्षेत्र ३ (१) का प्रदेश सभा सदस्यका उमेदवार दुर्गादक्त भण्डारीले रामजी बरालको पहलमा सुरु भएका योजनाको बाँकी काम पूरा गरी जनताको आवश्यकताको आधारमा अघि बढ्ने बताउनुभयो । उम्मेदवार भण्डारीले कृषि र पर्यटनको राम्रो विकास गर्न सके माछापुच्छ«े गाउँपालिकालाई धनी बनाउन सकिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“कृषि र पर्यटननै माछापुच्छ«ेको समृद्धिका आधार हुन् । यी क्षेत्रको विकासको भिजन म सँग छ । निर्वाचित भएर गइसकेकोपछि सरकारसँग मिलेर भिजन कार्यान्वयन गर्दछु ।”

उम्मेदवार भण्डारीले जनताको सुःख, दुःखलाई नजिकबाट नियालिरहेको र निर्वाचन क्षेत्रको भुगोलसँग राम्रो परिचित भएकाले विकासका लागि आफ्नो बाँकी जीवन लगाउने प्रण गर्नुभयो ।

Comments
Loading...