हिमाली आवाज । गण्डकी प्रदेश अन्तर्गत हिमाल पारिको जिल्ला मनाङबाट निर्वाचित नेपाली काँँग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा पर्नुभएको छ ।
भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहनुभएका पूर्वमन्त्री गुरुङको पद निलम्बनमा परेको हो। संघीय संसद् सचिवालयले मंगलबार सूचना जारी गर्दै अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको अन्तिम फैसला नहुन्जेसम्मको लागि पद स्वतः निलम्बनमा परेको जनाएको हो।
अदालतमा मुद्दा हुँदा पनि गुरुङले सांसद पदको शपथ भने लिएका थिए। गुरुङमाथि श्रम तथा रोजगार राज्यमन्त्री हुँदा काठमाडौँ फनपार्कको जग्गा भाडामा लगाउँदा रकम हिनामिना गरेको अभियोग छ। गुरुङ तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा राज्यमन्त्री हुनुहुन्थ्यो ।

