गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

हिमाली आवाज । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाँच दिनको समय दिएर नयाँ प्रदेश सरकार गठनको आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न आह्वान गर्नुभएको हो ।

कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न पुस २५ गते सोमबार दिउँसो ४ बजेको समय प्रदेश प्रमुख गुरुङले दिनुभएको छ । साठी सदस्सीय गण्डकी प्रदेशसभामा बहुमतका लािग ३१ सांसदको समर्थन आवश्यक पर्दछ ।

Comments
Loading...