हिमाली आवाज । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी र प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)बीच बालुवाटारमा आज विहान भेटवार्ता भएको छ ।
भेटका क्रममा आपसमा बधाई साटासाट हुनुका साथै गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार लगायतबारे विषयमा छलफल भएको बताइन्छ ।
यही पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका अधिकारी दुई दिनपछि राजधानी काठमाडौँ पुगेर प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो ।
नेकपा(एमाले) संसदीय दलका नेता अधिकारी एमाले सहित माओवादी केन्द्र, राप्रपा र स्वतन्त्त एक सांसदको समर्थनमा मुख्यमन्त्री निर्वाचित हुनुभएको हो ।

