पोखराका २० उत्कृष्ट महिला उद्यमी महानगरबाट सम्मानित

हिमाली आवाज । पोखरा महानगरपालिकाले एक सय १४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महानगरका उत्कृष्ट महिला उद्यमीलाई नगद सहित सम्मान गरेको छ ।‘महिलामा लगानीःसभ्य र समुन्नत समाजको थालनी’को नारा सहित अन्तर्राष्ट्रिय महिला दिवस  मनाइदै छ ।
सोही सन्दर्भ पारेर महानगरपालिकाभित्र सञ्चालित विभिन्न व्यवसायिक फार्मका २० जना सफल महिला उद्यमीलाई महानगरले प्रोत्साहन गर्ने उद्धेश्यले सम्मान गरिएको जनाएको छ ।

महानगरले सञ्चालन गरेको उपप्रमुखसँग महिला कार्यक्रम मार्फत ऋण लगेर ब्यवसाय गरेका मध्यबाट १० जना र महानगरभित्रका अन्य १० जना सफल उद्यमी महिला जनही रु पाँच हजार र सम्मानपत्रबाट सम्मानित भए ।

उपप्रमुखसँग महिला कार्यक्रम अन्र्तगत सम्मानित हुनेहरुमा पोखरा–७ को अस्मी खाजा घर सञ्चालक शान्तिमाया गुरुङ, पोखरा –३२ मा रहेको बसन्ती पशुपन्छी तथा कृषि फर्मका बसन्ती कामी विक, पोखरा –२४ मा रहेको पुप्पा पशुपालन तथा कृषि फार्मका पृष्पा कार्की, पोखरा –१६ रहेको श्री सम्पूर्ण राइस मिलका दमयन्ती आचार्य रहनुभएको छ ।

यसैगरी पोखरा –५ मा रहेको हाम्रो रचात्मक गार्मेन्ट, पोखरा– १५ को चन्द्र हस्तकला उद्योगकी चन्द्रकुमारी गुरुङ, पोखरा– ३२ बडहरे पण्डित कृषि तथा पशुपन्क्षी फर्मका पुष्पलता पण्डित, पोखरा –३३ मा रहेको रातमाटे बाख्रा तथा पशुपंक्षी फर्मका पवित्रा मल्ल ठकुरी, पोखरा– १५ को शितल पंक्षी फर्मका पञ्जा परियार, पोखरा– १६ मा रहेको अतिथि झोला उद्योगका पार्वती थापा बस्नेतलाई सम्मान गरियो ।

पोखरामा सञ्चालनमा रहेका उद्योगहरु मध्यबाट ग्लोरी फेसन होमका शान्ति श्रीस थापा, स्वस्तिक हस्तकला उद्योगका सीता गुरुङ, दिप डेरी उद्योगका पम्फा देवकोटा, पोखरा मोर्डन बेकरीका सुनिता श्रेष्ठ, सफा सावुन उद्योगका सीता सुवेदी सिग्देल सम्मानित हुनुभयो ।

यसैगरी राजिव रोशनी पशु तथा कृषि फर्म सीतादेवी भुर्तेल, हरियो एंग्रो इन्डस्ट्रीज प्रालिका रोशनी शर्मा आचार्य, ऋतु सौगातका सुन्ती पुर्जा, तमु भाग्रा हस्तकला उद्योगका पवित्रतादेवी गुरुङ र विधाता हस्तकला प्रशिक्षण केन्द्रका सविता श्रेष्ठलाई सम्मान गरिएको हो ।

सम्मानित सबैलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, महानगरका प्रवक्ता मोतिलाल तिमिलिस्ना, पोखरा–२ का वडाध्यक्ष दिवसमान प्रधानाङ्ग, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगी, पोखरा– १५ का वडाध्यक्ष तोरण बानियाँ लगायतले सम्मान प्रदान गर्नुभयो ।

Comments
Loading...