पोखरामा घरबाटै हराएका चार वर्षीय बालक सेतीमा मृत भेटिए

हिमाली आवाज । पोखरा महानगरपालिका–१६ लामाचौर निवासी रामचन्द्र सिकेका चार वर्षीय छोरा अनमोल सेती नदीमा मृत अवस्थामा फेला परेका छन् ।

मङ्गलबार राति ८ः३० बजेको समयमा घरको गेटमा निस्केको अवस्थामा हराएका बालकको खोजी गर्ने क्रममा बुधबार साँझ पोखरा महानगरपालिका–११ स्थित सेती र कालीखोलाको दोभानमा शब फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । घरबाटै बालक हराएपछि परिवारजन, छिमेकी तथा प्रहरी मिलेर खोजी तीव्र बनाएको थियो ।

प्रहरी नायब उपरीक्षक शर्माले बालक घर अगाडिको सडक नालामा खसेपछि पानीले बगाएर सेती नदीमा पु¥याएको हुन सक्ने बताउनुभयो । लामाचौर क्षेत्रमा ठूलो पानी पर्दा नालाको पानी भरिएर सडकसम्मै आउँदा वर्षेनी दुर्घटना हुने गरेको स्थानीयको भनाई छ ।

घरअगाडिको सानो नाला लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय अगाडि मूल सडकको नाला हुँदै सुन्दरफिडमा पुगेर सेती नदीमा मिसिन्छ ।

मृतक बालकका ठूलो बुबा रमेश सिकेले बालकको शव अहिले परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जानकारी दिनुभयो ।

उहाँले सडक नालाकै कारणले बालकले अल्पायुमा ज्यान गुमाएको बताउनुभयो । आगामी दिनमा यस्ता दुःखद् घटनाहरु दोहोरिन नदिन महानगर तथा प्रदेश सरकारले नाला व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

Comments
Loading...