पोखराको पुरुनचौरमा पहिरोमा एकै घरमा सात जनाको मृत्यु(तस्बिरहरु)

हिमाली आवाज । कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर पहिरामा परी सात जनाको मृत्यु भएको छ । पुरुनचौर तल्लाकोटका कुल बहादुर परियारको टिनले छाएको ढुङ्गा माटोले बनेको एक तले घर बिहीबार राति आएको पहिराले पुर्दा सात जनाको मृत्यु भएको हो ।

पहिरामा परेर कुलबहादुर सहित उहाँका आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा र ज्वाइँ २५ वर्षीय अस्मित परियार को मृत्यु भएको छ ।

 

छिमेकी ५६ वर्षीया राधिका परियारको घटनास्थलमा उद्धार गर्ने क्रममा लडेर निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

अबिरल बर्षातको कारण घर पछाडीबाट पहिरो आई पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सार्दीखोला, जिल्ला प्रहरी कार्यालय कार्यालय, सशस्त्र प्रहरी बल, तथा नेपाली सेना समेतको उद्दार टोलीले खोज तथा उद्दार गरेको थियो ।

घटनामा छिमेकी मृतक राधिकाका छोरा ३१ वर्षीय कुमार परियार र कुलबहादुरका छोरा १७ वर्षीय पवन परियार सामान्य घाइते भई अस्प्तालबाट आज विहान घर फर्किका छन् ।

Comments
Loading...