हिमाली आवाज । युुनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई लक्षित गरी एक लाखको अक्षयकोष स्थापना गरेको हो ।
अक्षयकोषका लागि क्लबका अध्यक्ष राजु श्रेष्ठ, क्लबका शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिना लगायतले पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्र लालचन, क्याम्पस प्रमुख सिशुकला पराजुली, क्याम्पस आइ क्यू ए सी प्रमुख महेन्द्र प्रसाद रिमाललाई चेक हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा वोल्दै पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्र लालचनले युुनाइटेड क्लबले जेहेन्दार विद्यार्थीहरु अध्ययन गर्ने पोखरा बहुमुखी क्याम्पसमा आएर अक्षयकोष स्थापना गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो । युनाइटेड क्लबको सहयोगले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई कालान्तर सम्म शिक्षामा सहयोग पुुग्ने उहाँको भनाई छ । युुनाइटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटनको क्षेत्रमा पुु¥याएको योगदानको कदर गर्दै आफ्नो क्याम्पसमा दिउसोको समयमा विभिन्न ठाउँमा जागिर गर्दै बिहानको समयमा विद्यार्थीहरु अध्ययन गर्ने गरेको बताउदै क्लबको सहयोगले उनीहरुको शिक्षामा थप उर्जा मिलेको समेत अध्यक्ष लालचनले बताउनुभयो ।
त्यस्तै क्याम्पसका प्रमुख सिशुकला पराजुलीले शिक्षाबाट बञ्चित भएका जो कोही बिद्यार्थीलाई शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरेको पोखरा बहुमुखी क्याम्पसको अभियानमा जोडिन पुुगेकोमा युनाइटेड क्लव परिवार प्रति आभार प्रकट गर्नुभयो । क्लबले युवाको जाँगर राष्ट्र निर्माणको आधार भन्ने मुल अभिप्रायका साथ अगाडी बढेकाले त्यसको सिको गर्न समेत बिद्यार्थीहरुलाई पराजुलीले आग्रह गर्नुभयो ।
क्याम्पस आइ क्यू ए सी प्रमुख महेन्द्र प्रसाद रिमालले युनाइटेड क्लवले देशभरिमा सामाजिक काम गर्दै आइरहदा क्याम्पसको शैक्षिक बिकासको लागि अक्षयकोष स्थापना गरेकोमा आभार प्रकट गर्नुभयो । अक्षयकोषले विद्यार्थीहरुले विउको रुपमा लिनुपर्ने वताउदै पोखरा महोत्सवमा टिकट काटेर सहभागी भएकाहरुलाई सो रकम फिर्ता अभियानका रुपमा आफुले लिएको बताउनुभयो । आगामी मंसिर १६ गते क्याम्पसको वार्षिकोत्सवको अवसरमा अक्षयकोषबाट जेहेन्दार तथा विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण कार्यक्रममा क्लबलाई समेत निमन्त्रणा गर्ने रिमालले बताउनुभयो ।
सो अवसरमा वोल्दै क्याम्पसमा अध्ययनरत छात्रा अस्मिता ठकुरीले युनाइटेड क्लब पोखराले आफुहरुको क्याम्पसमा आएर अक्षयकोष स्थापना गरी सम्पूर्ण विद्यार्थीहरुलाई पढाइ प्रति लगाव राख्न थप मद्धत पुग्ने बताउनुभयो ।
क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले स्थापना कालदेखी हाल सम्म आइपुुग्दा एक दर्जन वढी विद्यालयहरुमा आर्थिक अभावका बावजुद पनि जेहेन्दार रुपमा पढाइ गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी अक्षयकोष स्थापना गरिसकेको बताउनुभयो । क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण र प्राकृतिक प्रकोप र विपदमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाई छ ।
पछिल्लो समय नेपालबाट उच्च शिक्षाको नाममा विदेशिने क्रम वढ्दै जाँदा विद्यार्थीहरुले पनि ब्यवहारिक शिक्षाका लागि पहलकदमी थाली स्वदेशमै व्यवहारिक शिक्षाको लागि सरकारलाई सचेत गराउन विद्यालय स्तरबाटै विद्यार्थीहरु लाग्नुपर्ने भनाई उहाँको छ ।
क्लवका पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, क्लबका कोषाध्यक्ष सूर्य बहादुर बानियाँ, क्लबका कार्यसमिति सदस्यहरु सन्तोष कार्की, जयराम आचार्य लगायतको सहभागिता रहेको कार्यक्रममा शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राख्नुभयो । कार्यक्रमको सञ्चालन युनाइटेड क्लबका महासचिव दिनेश सुनारले गर्नुभएको थियो ।


