माछापुच्छ्रेको सार्दिखोलामा बृहत ‘धार्मिक महोत्सव’हुँदै,तयारी तीब्र

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोला क्षेत्रको धार्मिक पर्यटनलाई विकास र प्रवद्र्धनका लागि वृहत् धार्मिक महोत्सवको तयारी गरिएको छ ।

स्थानीय शिवालय मन्दिर व्यवस्थापन समितिको आयोजनामा यही भदौ ६ देखी १४ गतेसम्म श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ र धार्मिक महोत्सव गर्न लागिएको हो । महोत्सवको तयारी अहिले तीव्र पारिएको छ ।

महायज्ञबाट सङ्कलित रकमले खाँदरजुङ्गस्थित घोप्टे डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी विशाल शिवजीको मूर्ति, बुद्धमूर्ति, ज्योतिलिङ्ग सहित एक सय आठ शिवलिङ्ग स्थापना र मन्दिरको छाना ताम्रपत्र गरिने योजना रहेको महायज्ञका संरक्षक एवं सोही वडाका वडाध्यक्ष गणेश आचार्यले बताउनुभयो ।

“यस क्षेत्रको धार्मिक पर्यटन वृद्धिका लागि यहाँका वासिन्दाहरुले आस्था राख्नुहुने अन्य धार्मिक क्षेत्रलाई पनि जोड्ने र प्रवद्र्धनको उद्धेश्य महायज्ञको छ । माछापुच्छ«े हिमालको सुन्दर पृष्ठभूमिमा सुन्दरमूर्तिहरु निर्माण हुनेछन् । ” उहाँले भन्नुभयो ।

भराभरीको ढुङ्गाखानी, खारपानीको तातोपानी, खैमराङको महादेव मन्दिर तथा भुर्जुङखोलामा अवस्थित शिवालय मन्दिर र ट्रेकिङ जानेहरुका लागि प्रसिद्ध गन्तव्य तारा हिलटप यस क्षेत्रका स्थानीय सांस्कृतिक तथा प्राकृतिक गन्तव्यका रुपमा रहेका छन् ।

आयोजक शिवालय महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सर्वजित गुरुङले महायज्ञबाट रु चार देखी रु पाँच करोडसम्म रकम सङ्कलन हुने अपेक्षा गरिएको बताउनुभयो ।

शिवालय मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको धार्मिक महोत्वको संरक्षकमा माछापुच्छ्रे गाउँपालिका र सहसंरक्षकमा माछापुच्छ्े गाउँपालिका वडा नं २ वडा कार्यालय रहेको छ ।

श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सवको तयारीका लागि विभिन्न उपसमिति गठन गरी अहिले काम अघि बढाइएको छ । महोत्सवलाई सफल पार्न सार्दिखोलाका सम्पूर्ण संघ संस्था,आमा समूह, शैक्षिक संस्था तथा जनसमुदाय एक भएर लागि परेको बताइन्छ ।
माछापुच्छ«े माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यले समग्र कास्की जिल्लावासीकै अर्को आकर्षणको केन्द्र बनाई पोखरा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको बसाई अवधि लम्ब्याउन समेत धार्मिक क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सवको तयारीका लागि विभिन्न उपसमिति गठन गरी अहिले काम अघि बढाइएको छ ।महोत्सवलाई सफल पार्न सार्दिखोलाका सम्पूर्ण संघ संस्था,आमा समूह, शैक्षिक संस्था तथा जनसमुदाय एक भएर लागि परेको आयोजक शिवालय महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सर्वजित गुरुङले बताउनुभयो ।

महोत्सवका तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । जसअन्र्तगत प्रचारप्रसार उपसमिति संयोजकमा कृष्णप्रसाद गौतम, अर्थ संकलनमा टेकराज आचार्य,युवा तथा महिला परिचालनमा रामप्रसाद गुरुङ, सचिवालय संयोजकमा शेरमान भुजेल र गोविन्द आचार्य,मञ्च तथा भान्छा व्यवस्थापन संयोजकमा माधव आचार्य, अतिथि सत्कारमा पुण्यशोभा गुरुङ र मीरा आचार्य,भजन संयोजकमा रघुनाथ सन्यासी, सबै उपसमितिहरुलाई सहयोग तथा सल्लाहकार समिति संयोजकमा बमबहादुर गुरुङ, लोकनाथ आचार्य ,भोजराज आचार्य र गिरिधारी आचार्य रहनुभएको छ।

Comments
Loading...