प्रकृति मानव केन्द्रित जनअभियान गण्डकीको अध्यक्षमा तिलक पुन चयन

हिमाली आवाज । प्रकृति मानव केन्द्रित जनअभियान गण्डकीको अध्यक्षमा कास्कीका तिलक पुन पूर्जा चयन हुनुभएको छ ।

पोखरामा आज सम्पन्न जनअभियानको भेलालले पूर्जाको अध्यक्षतामा १७ सदस्सीय नयाँ प्रदेश समिति चयन गरेको हो । यसैगरी उपाध्यक्ष बिष्णु लामिछाने(पर्वत), सचिव आरके अदिप्त गिरी (पर्वत) र कोषाध्यक्ष मनरुपा थापा (स्याङ्जा) चयन हुनुभयो ।

यसैगरी सदस्यहरुमा अनुप प्रकाश पौडेल, ठाकुर गिरी, भवराज शर्मा, ममता गुरुङ,बलराम सिग्देल, कमला श्रेष्ठ, कृष्ण प्रसाद बस्याल, पदमदकिरण राणा, शिव बहादुर बराल, श्याम राना,राजेन्द्र राना, विदुर खरेल र लोक प्रसाद भुर्तेल हुनुहुन्छ ।

प्रकृति जन अभियान, नेपालको प्रथम गण्डकी प्रदेश स्तरीय भेला पूर्व अध्यक्ष सन्त बहादुर घिसिङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रम संचालन तिलक पुनले गर्नुभयो भने स्वागत मन्तव्य सहित कार्यक्रमको जानकारी बिन्दु राज सापकोटाले राख्नु भएको थियो । यसैगरी उत्तम कडेलले अभियानको औचित्यताको वारेमा आफ्नो धारणा राख्नु भएको थियो ।

Comments
Loading...