रेन्बो चिल्ड्रेन होम नेपालको १६ औं वार्षिक साधारणसभा

गणेश पहारी । हिमाली आवाज । पोखरा महानगर पालिका वडा नं–६ डिहीको पाटनमा स्थित रेन्बो चिल्ड्रेन होम नेपालको १६औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा महानगर पालिका वडा नं–६ वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले संस्थाले सहाराबिन बालबालिकालाई आवासीयरूपमा शिक्षादीक्षाको व्यवस्था गरेर प्रशंसनीय कार्य गरेको बताउनुभयाो । उहाँले अनाथ बालबालिकाहरूको हेरचाहमा होमले पु¥याएको योगदानको खुलेर प्रशंसा गर्नुभयो । सोही अवसरमा उनले संस्थालाई प्रभावकारी बनाउन वडा कार्यसमिति सहकार्य गरि अघि बढने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सञ्चालक गोमा ढकालले हाल २४ जना बालबालिकालाई आवासीय सुवधिा सहति अध्यापन गराउँदै आएकोमा ५० जना बालबालिका लाई उनकै घर परिवार सँगै राखी होम सहयोग गरेको बताउनुभयो । उहाँले २७ जना बालबालिकाका लाई शैक्षिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिँदै केही बालबालिकाहरूलाई सहयोग गरि आफ्नै घर परिवार सँग पुनस्थापना गराउन सफल भएको उल्लेख गर्नुभयो ।

बरिष्ठ सल्लाहकार तथा पर्यटन व्यवसायी अग्नि कँडेलले वर्तमान अवस्थामा आफ्नो घर परिवार चलाउन कठिन भएको अवस्थामा संस्था निःशुल्क चलाउन गाह्रो हुने भएकोले यस्तो पवित्र कार्यमा सहयोगी हातहरू बढाउनु पर्ने बताउनुभयो ।

गैर सहकारी संस्थाका केन्द्रिय सदस्य विजय प्रधानले विगत १६ वर्षको इतिहासलाई हेर्दा यस संस्थाले आर्थिक अवस्था कमजोर भएका विभिन्न खाले जोखिममा रहेका बालिकाहरूको उद्धार, परामर्श, सहयोग तथा पुनर्स्थापना गर्ने कार्य गर्दै आएको बताउनुभयो । राज्यले गर्नु पर्ने काम बालगृहले गरेको तर राज्य बाट पाउने पर्ने सहयोग नपाएकोमा गुनासोे गर्नुभयो ।

टान पोखराका अध्यक्ष कृष्ण प्रसाद आर्चायले संस्थाले बालबालिकाहरूलाई सुरक्षित आप्रवासन प्रदान गरेकोको प्रशंसा गर्दै, संस्थामा रहेर बालबालिका अभिभावकत्व सहित पारिवारिक वातावरण प्रदान गरेकोमा सञ्चालक लाई धन्यवाद व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष कमला ढकालको अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण आमा समुहकी अध्यक्ष रेणु लामिछाने र नमुना आमा समुह बैदामकी अध्यक्ष जुना अधिकारीले आफ्ना भनाई राख्नुभयो । कार्यक्रममा वार्षिक प्रतिवेदन संस्थाका सचिव शर्मिला थापा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष विष्णु आर्चायले प्रस्तुत गर्नुभयो ।

Comments
Loading...