पोखराको कालिका बहुमुखी क्याम्पसमा मन्टेश्वरी तालिम सम्पन्न

हिमाली आवाज । पोखरा १४ मा अवस्थित कालिका बहुमुखी क्याम्पसले विगत १० दिन देखि सञ्चालित ननक्रेडिट कोर्स मन्टेस्वरी तालिमको आइतबार प्रमाणपत्र वितरण गरी समापन गरेको छ ।

शिक्षा विभागद्धारा शिक्षाशास्त्र संकायमा अध्ययनरत विद्यार्थीहरुको पेशागत दक्षता अभिवृद्धिको लागि प्रारम्भिक बाल विकास तथा मन्टेस्वरी शिक्षा तालिकम सम्पन्न गरेको हो ।

समापन कार्यक्रमका प्रमुख अतिथि एवं क्याम्पस प्रमुख सह–प्राध्यापक बिरञ्जी गौतमले शिक्षा बिभागले कार्यक्रम भव्यताका साथ सम्पन्न गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस किसिमका कार्यक्रलाई क्याम्पसले निरन्तरता दिने कुरा बताउनुभयो ।

साथै विगत देखि नै क्याम्पसले सञ्चालन गर्दे आएको ननक्रेडिट कोर्स अन्तर्गत इन्टरप्रिनियरसिप कार्यक्रममा शिक्षा विभागका विद्यार्थीले तयार गरेको व्यवसायिक योजना नेपाल भरीका करिव चौधसय क्याम्पसहरुमा सबैभन्दा उत्कृष्ट भएको र हाल सञ्चालित यस तालिमले पनि विद्यार्थीहरुलाई एक असल शिक्षक बन्न महत्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।

समापन कार्यक्रममा सभापति शिक्षा विभागका विभागिय प्रमुख एवं यस तालिमका संयोजक लोकनाथ सुबेदीले उपस्थित सम्पूर्णमा हार्दिक स्वागत, धन्यवाद एवं कृतज्ञता व्यक्त गर्दै तालिममा सिकेका ज्ञान र सीपहरुलाई आफ्नो कार्यक्षेत्रमा व्यवहारमा उतार्न सम्पूर्ण प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभयो ।

साथै बच्चाहरुको समग्र विकासका लागि आवश्यक शिक्षा प्रणाली, सिकाइ रणनिति, मन्टेस्वरी पद्धति, बाल मनोविज्ञान लगायत विविध महत्वपूर्ण पक्षहरुमा गरिएको गहन अध्ययन एवं अभ्यासले विद्यार्थीहरु जहाँ जानुहुन्छ, जसलाई शिक्षा दिनुहुन्छ त्यहाँ प्रेम, धैर्य र समझदारीका साथ बाल विकास सिद्दान्तहरु र मन्टेस्वरी शिक्षा कार्यान्वयन गर्ने विस्वास व्यक्त गर्नुभयो ।

क्याम्पसका सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले शिक्षा विभागद्धारा कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुमा आफ्नो सिकाई प्रति थप टेवा पुग्ने तथा सिकाई प्रति अझ जिम्वेवार बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सहायक क्याम्पस प्रमुख युवराज गुरुङले विद्यार्थीहरुको अत्यन्त उल्लाहसमय उपस्थिती र तालिमप्रतिको लगाव प्रति खुसी व्यक्त गर्दै विद्यार्थीहरुद्धारा प्रस्तुत विभिन्न जातिय सस्कृतिको प्रस्तुतिले अनेकतामा एकताको सिद्धान्तलाई अझ मजबुत बनाउने विस्वास गर्नुभयो ।
कार्यक्रमका प्रमुख प्रशिक्षक एवं मेरील्याण्ड मन्टेस्वरीका संस्थापक सीता तिमिल्सिना (सुबेदी) ले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान तथा उनीहरुको मनोविज्ञानलाई बुझेर शिक्षण गर्न सके मात्र शिक्षण सिकाई फलदायीहुने विस्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट सविता थापा क्षेत्री एवं रेखा श्रीसले तालिम अत्यन्त फलदायी भएको र आफूहरुले आफ्नो शिक्षण पेशामा यहाँबाट सिकेको कुराहरुलाई व्यवहारमा उतार्नै प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सम्पूर्ण प्रशिक्षार्थी विद्यार्थीहरुलाई प्रमाणपत्र एवं प्रमुक प्रशिक्षक सीता तिमिल्सिना सुवेदी तथा पुष्पराज तिमिल्सिनालाई प्रसंसा पत्र एवं मायाको चिनो प्रदान गरियो । कार्यक्रममा विद्यार्थीहरुले आ–आफ््ना जातिय संस्कृती झल्किने भेषभुषामा सजिएर आफ्ना जातिगत संस्कृतीको बारेमा जानकारी दिए । कार्यक्रमको सञ्चालन क्याम्पसका बरिष्ट उप–प्राध्यापक राजेश्वर शर्माले गर्नु भएको थियो ।

कालिका बहूमुखी क्याम्पस विश्वविद्यालय अनुदान आयोगको इतिहासमै सबैभन्दा छोटो समयमा शैक्षिक गुणस्तार चिन्ह प्रत्यायान गर्न सफल रहेको छ ।

Comments
Loading...