हिमाली आवाज । मुग्लिन –नारायणगढ सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा शुक्रबार साँझ आएको पहिरोले सडक अवरुद्ध भएको हो । पहिराका कारण हजारौँ यात्रुको विचल्ली भएको छ । उनीहरुको १८ घण्टादेखी सडकमै रोकिएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माले पहिरोका कारण सडक अवरुद्ध भएको बताउँदै पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिनुभयो । माथिबाट पहिरो आउने जोखिम कायमै रहेको उहाँको भनाइ छ ।
पहिरो खस्ने जोखिम रहेकाले रातको समयमा यस खण्डको प्रयोग नगर्न प्रहरीले यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ ।