टिभिएसको दशैं अफर : १० लाखसम्म नगद छुटदेखि दैनिक लक्की ड्रसम्म

हिमाली आवाज । टिभिएस ब्राण्डका मोटरसाइकल तथा स्कुटरको पोखराका लागि आधिकारिक बिक्रेता स्क्वायर्स मोटर्स प्रालिले दशैंलाई लक्षित गर्दै ‘टीभीएस गोल्डेन की’ योजना ल्याएको छ । यस योजनामा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले निश्चित पुरस्कारदेखि दैनिक लक्की ड्रसम्मका सुविधा पाउने भएका छन् ।

योजनाअन्तर्गत टीभीएसका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले तीनमध्ये एक निश्चित पुरस्कार प्राप्त गर्ने स्क्वायर्स मोटर्सका अध्यक्ष आदर्शमान श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट, गोल्ड की वा खरिद मूल्यको शतप्रतिशतसम्म क्यासब्याकमध्ये कुनै एक पुरस्कार पाउनेछन् ।

“ हामीले दशैँ लगायतका चाडपर्वलाई लक्षित गरी उपहार योजना ल्याएका छौँ । ग्राहकलाई थप मूल्य र आकर्षक अवसर उपलब्ध गराउने उद्धेश्य हाम्रो हो । ” श्रेष्ठले भन्नुभयो ।

यस्तै, योजनाअन्तर्गत दैनिक लक्की ड्रमार्फत हरेक दिन दुई जना ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिस पाउनेछन् । सवारीसाधन खरिदपछि पनि ग्राहकलाई दीर्घकालीन सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

दशैंमा सवारीसाधन खरिदलाई सहज बनाउन योजनामा फाइनान्स सुविधासमेत समावेश गरिएको प्रवन्ध निर्देशक विनोज पोटेले बताउनुभयो । यसैगरी टिभिएसले आजदेखी पोखराको सिर्जनाचोकमा एक्सचेञ्ज क्याम्प पनि सुरु गरेको छ । यस क्याम्पमा जुनसुकै कम्पनीको मोटरसाइकल साटफेरको सुविधा रहेको बिक्री प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिनुभयो । एक्सचेञ्ज क्याम्प ७ गतेसम्म चल्नेछ ।

Comments
Loading...