पाेखराकाे सिटिजन फर्निचरले ल्यायाे चाडपर्व अफर ,३० प्रतिशतसम्म छुट

हिमाली आवाज । पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरले दसैँ–तिहारको अवसरमा विभिन्न फर्निचर तथा फर्निसिङका सामग्रीमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

विगतका वर्षमा झैँ यस वर्ष पनि विभिन्न सामग्रीमा २० देखि ३० प्रतिशतसम्म छुट सुविधा प्रदान गरिएको सिटिजन फर्निचरका सञ्चालक दीपक कार्कीले जानकारी दिनुभयो । शनिबार आयोजित शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो जानकारी दिनुभएको हो ।

२०७० असार २६ गतेदेखि पोखरामा सञ्चालनमा आएको सिटिजन फर्निचरले न्यूरोड क्षेत्रमा मुख्य शोरुमसहित चारवटा आउटलेट सञ्चालन गर्दै आएको छ । सिटिजन फर्निचरसँगै सिटिजन फर्निसिङ सप्लायर्स, सिटिजन फर्निचर एण्ड फर्निसिङ हब तथा सिटिजन कम्प्युटर एण्ड मेन्टिनेन्स सञ्चालनमा रहेका छन् ।

सिटिजनमा सोफा, दराज, अफिस टेबल, डाइनिङ टेबल, टी–टेबल, पर्दा, कार्पेट, कुर्सी, डोरमेटलगायत घर तथा कार्यालय प्रयोजनका विभिन्न सामग्री उपलब्ध छन् ।

सञ्चालक कार्कीका अनुसार यहाँ सोफाको मूल्य २० हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म रहेको छ । उहाँले दसैँ, तिहार तथा छठ पर्वसम्म विभिन्न सामग्री खरिदमा छुटको व्यवस्था गरिएको बताउनुभयो ।

युवा उद्यमी कार्कीले सस्तो मूल्यभन्दा पनि गुणस्तरीय सामग्री खरिदमा ध्यान दिन ग्राहकलाई आग्रह गर्नुभयो । नेपाल सरकारलाई नियमित रूपमा कर बुझाएर वैधानिक ढंगले व्यवसाय सञ्चालन गर्दै आएकाले ढुक्क भएर सामग्री खरिद गर्न उहाँले आग्रह गर्नुभयो ।

आफ्नै फ्याक्ट्रीमा ग्राहकको मागअनुसार जुनसुकै मोडलका सोफा तथा दराज निर्माण गरेर उपलब्ध गराउन सकिने उहाँले जानकारी दिनुभयो । बजारको आवश्यकताअनुसार व्यवसायमा निरन्तर लगानी गर्दै आएको उहाँको भनाइ थियो ।

दर्ताबिना सञ्चालन भइरहेका अनलाइन व्यवसायलाई नियमन गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘फेसबुक र टिकटकमा आकर्षक प्रचार गरेर ग्राहकलाई प्रलोभनमा पार्ने प्रवृत्ति बढेको छ । त्यसैले नेपाल सरकारसँग दर्ता नभई सञ्चालन भइरहेका अनलाइन व्यवसायलाई नियमन गरिनुपर्छ । अहिले वारेन्टी वा ग्यारेन्टी दिने भनिन्छ, तर भोलि समस्या परे कहाँ गएर खोज्ने ?’

गण्डकी प्रदेश सरकारबाट युवा उद्यमीका रूपमा सम्मानित कार्कीले छोटो समयमै व्यवसाय विस्तार गर्नुभएको छ । सफल हुन कुनै पनि काममा निरन्तर लाग्नुपर्ने उहाँको सुझाव छ ।

पोखरा–१४ चाउथेको फ्याक्ट्री तथा न्यूरोडस्थित शोरुमबाट करिब २७० जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको उहाँले जानकारी दिनुभयो ।

सिटिजन फर्निचरले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न गतिविधिमा समेत सक्रियता देखाउँदै आएको छ । रसुवा बाढीपीडितको सहयोगार्थ सिटिजनले सुरुमै एक लाख ११ हजार १११ रुपैयाँ राहत सहयोग गरेको थियो । यस्तै, गत महिना पाल्पाको ऐतिहासिक लाखे नाचसमेत पोखरामा प्रदर्शन गरिएको थियो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले नेपालको वनजंगलको उचित सदुपयोग गर्न सके विदेश जाने ठूलो रकम रोक्न सकिने बताउनुभयो । निजी क्षेत्रमाथि विभिन्न किसिमका आक्रमण भइरहेका बेला युवा उद्यमीको उत्साह र प्रयासलाई सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा सिटिजन फर्निचरका अर्का सञ्चालक गुरुदत्त पौडेलले उपस्थित सम्पूर्ण अतिथि तथा पत्रकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रम पाल्पाली समाजका प्रेस सल्लाहकार विजय नेपालले सञ्चालन गर्नुभएको थियो ।

Comments
Loading...