मनाङकाे हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

हिमाली आवाज । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये आज थप तीन जनाको शव भेटिएको छ ।

तीन जनाको शव भेटिएसँगै यही ११ असोजमा गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको संख्या सात पुगेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

उहाँका अनुसार गोरखाको धार्चे गाउँपालिका–२, करौँजाका ५८ वर्षीय आश गुरुङ, खोटाङको ऐँसेलुखर्क गाउँपालिका–३ का सुरज राई र रुकुमको हुकामका ५७ वर्षीय कमल बुढाको शव भेटिएको हो ।

घटनास्थलमा अन्तर्राष्ट्रिय माउन्टेन गाइड ९आईएफएमजीए० का पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा पाँच जना अनुभवी क्लाइम्बिङ गाइडको विशेष टोली उद्धारमा खटिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयाे ।

सोही टोलीले हिउँ पन्छाएर उनीहरूको शव निकालेको थियो । यसअघि आइतबार र सोमबार खोजी गर्ने क्रममा वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो ।

Comments
Loading...